IME Life New

टप १०० लिडर्सलाई रिलायबल नेपाल लाइफले गर्यो सम्मान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले टप १०० लीडर्सहरुलाई सम्मान गरेको छ । कम्पनीले भदौ २४ गते एक भव्य कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । उक्त कार्यक्रम पोखराको माउण्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पाको सभाहलमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको अध्यक्षता कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबू लोहनीले गरेका थिए । पानसमा दीप प्रज्जवलन गरेर औपचारिक उद्घाटन भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य द्वारा कम्पनीका प्रमुख प्रबन्धक शैलेन्द्र श्रेष्ठले सबैलाई स्वागत गरेका थिए ।

Esewa
Crest

करीब १५० जनाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा बिशेष गरि करोडपती एजेन्सीहरु , तथा विभिन्न बिधामा नेपाल टप गर्न सफल करीब १०० जना टप लिडर्सहरुलाई दोसल्ला र अवार्डद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा कम्पनीका सहायक बरिष्ठ प्रबन्धक दिपेश बाबू तिवारीले ब्यवसायीक सुशासन सम्बन्धी जानकारी दिदै यसको महत्व दर्शाएका थिए । कम्पनीका बरिष्ठ प्रबन्धक युवराज ज्ञवालीले नयाँ योजनाको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा बरिष्ठ प्रबन्धक कल्यणराज हलुवाइको पनि उपस्थिति रहेको थियो। उक्त टप लिडर्सको कार्यक्रममा सातै प्रदेशका प्रदेश प्रमुखको साथै शाखा प्रमुखहरुको पनि उपस्थिति रहेको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबू लोहनीले आर्थिक सबलताले नै सबैमा बिस्वास जित्न सफल भएको भन्दै प्रयत्नशील ब्यक्ती र संस्थाको उन्नति निश्चित हुने कुरामा दुईमत नरहेको बताए । देशकै रमणीय शहर पोखरामा आयोजित उक्त कार्यक्रम २ रात ३ दिन सम्म चलेको थियो। कार्यक्रममा उपस्थित सबैलाई अन्नपूर्ण केबल कारको यात्रा गर्ने मौका पनि कम्पनीले दिलाएको थियो ।

अन्तराष्ट्रिय उत्प्रेरकद्वारा ४ घण्टासम्म उत्प्रेरणा जगाउने काम भएको थियो भने उच्च अनुभवी उत्प्रेरकले उपस्थित सबैलाई आआफ्नो लक्ष्यमा सफलता प्राप्तीका लागि गर्नुपर्ने महत्वपूर्ण कार्य योजनाहरुलाई औल्याएका थिए ।

कार्यक्रमको अन्त्यमा टप लिडर्सहरुको तर्फबाट बाबुराम अधिकारी (भद्रपुर) ,सरु बेलवासे (थानकोट) , धर्मेन्द्र जङ्ग रायामाझी (हाकिम चोक) तथा पोखरा शाखाबाट मीन बहादुर गुरुङ्गले ब्यवसाय सफलताको अनुभवहरु बाडेका थिए । भव्य रुपमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन लमजुङ शाखा प्रमुख राजु गुरुङ्गले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

25%
sad

दु :खी

13%
amazed

अचम्मित

13%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS