IME Life New

ज्योति विकास बैंक र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौतामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमडौं । ज्योति विकास बैंक र राष्ट्रिय आविस्कार केन्द्रबीच सम्झौता भएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको विकास प्रवद्र्धन कोषमार्फत आफ्नो १२ औं वार्षिकोत्सवको अवसर पारेर सामाजिक कार्य गर्नको लागि केन्द्रसँग सम्झौता गरेको हो ।

महाविर पुनद्वारा प्रवद्र्धित राष्ट्रिय आविष्कार केन्द्रसँग ‘न्यानो नानी’ वेवी वार्मर सम्बन्धी परियोजनामा सहकार्य गर्ने घोषणा गरे बमोजिम आज सोमबार दुई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट केन्द्रका अध्यक्ष डा. महावीर पुनले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

ज्योति विकास बैंकले १० वटा ‘न्यानो नानी’ वेवी वार्मर बनाउनको लागि आवश्यक आठ लाख राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्नेछ भने ती उपकरणहरु दुवै संस्थाहरुको संयुक्त सहकार्यमा देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरुलाई प्रदान गरिनेछ । नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको वेवी वार्मरले देशको विभिन्न स्थानहरुमा शिशु मृत्युदर समेत न्यूनीकरण गर्न योगदान पुर्याउने हुँदा बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँग उक्त सम्झौता गरेको हो ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS