IME Life New

ज्योति विकास बैंकद्धारा देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ। बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत नुवाकोट स्थित म्यागङ गाउँपालिका वडा नं ३ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदान गरेको हो।

बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ। देउराली प्राथमिक स्वास्थ्य केन्द्रको प्राङ्गणमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका नुवाकोट र धादिङ क्षेत्रका प्रमुख रबिन रेग्मी र देउराली शाखा प्रबन्धक हर्क बहादुर तामाङद्वारा म्यागङ गाउँपालिका वडा नं ३ का अध्यक्ष हरि बहादुर तामाङको उपस्थिमा सामरी स्वास्थ्य केन्द्रलाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो।

Esewa
Crest

साथै सोहि कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गराईएको थियो।

बैंकले ुहाम्रो विकास प्रवर्द्धन कोषु मार्फत् “न्यानो नानी” परियोजना २ अन्तर्गत हालसालै लिपानिबिर्ता स्वास्थ्य चौकी, परवानीपुर, हेटौडा अस्पताल, बेतिनी सामुदायिक स्वास्थ्य चौकी (फापरबारी, चन्द्रनिगाहपुर अस्पताल (रौतहट,स्वास्थ्य चौकी चिउरीडाँडा खोटाङ, कल्पवृक्ष स्वास्थ्य चौकी (सिन्धुली, बर्दिया जिल्ला अस्पताल, शिशुवा अस्पताल (कास्की, महादेवपुरी स्वास्थ्य चौकी (बाँके, स्वास्थ्य सेवा कार्यालय (जाजरकोट, प्राथमिक स्वास्थ्य केन्द्र(प्युठान र इनरुवा अस्पताल सुनसरीलाई एक(एक थान बेबी वार्मर प्रदान गरि १२ वटा बेबी वार्मर प्रदान गरिसकेको छ।

बैंकले १३ औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई न्यानो नानी बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि सो केन्द्रको “न्यानो नानी” परियोजना) २ को लागि सहयोग प्रदान गरेको थियो।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषु मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ।

ज्योति विकास बैंकले हाल ११४ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६३ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS