IME Life New

‘ज्योति लाईफ द एमेजिङ मोटर र्याली २०२०’ सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । ग्रुप अफ होटल्स, रोटरी क्लब अफ बागमती काठमाडौं र ज्योति केयर्स द्वारा आयोजित “ज्योति लाईफ द एमेजिङ मोटर र्याली २०२०” सम्पन्न भएको छ ।

विश्व क्यान्सर दिवसको अवसरमा “आई एम एण्ड आई वील क्रिएट अ वल्र्ड विड्आउट क्यान्सर” भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रम मार्फत भिजिट नेपाल २०२० को प्रर्वद्धन गरेको थियो । नेपाल टुरिजम बोर्डवाट क्यान्सर जनचेतना सम्वन्धि स्टिकरहरुद्वारा सुुसजित गाडीहरुलाई काठमाडौँ ग्रुप अफ होटल्सका झण्डा तोलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । टुरिजम बोर्डबाट निस्किएका गाडीहरु थानकोट, चुम्लिङ्गटार, दमौली हुँदै पोखरासम्म विभिन्न चेक प्वाइन्टहरुमा आयोजित खेलहरुमा सहभागी हुँदै समापन भएको थियो ।

Esewa
Crest

त्यस्तै, प्रदेश नं ४ का उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्साल लगायत पुर्व तथा हालका मिस नेपालहरु अनुष्का श्रेष्ठ, रोज लामा, मीरा कक्षपति, रोनाली अमात्य तथा रिया बस्नेत लगायत विभिन्न संघ संस्थाहरुक प्रतिनिधिहरु उपस्थित उक्त औपचारिक कार्यक्रममा विशिष्ट मन्तव्यको साथै र्याली विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमको दोश्रो दिन काठमाडौँ ग्रुप अफ होटल्सको सहकार्यमा सारङकोट स्थित जनजागृति माध्यामिक विधालयमा ज्योति लाईफको सामाजिक उत्तरदयित्व कार्यक्रम अन्तर्गत स्वास्थ शिविर तथा स्थानिय विधार्थीहरुलाई ब्याग, शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको थियो स्थानिय प्रतिनिधि तथा पोखरा उप–महानगरपलिकाका उपप्रमुख मञ्जु देवी गुरुङ्ग उपस्थित उक्त कार्यक्रममा ३ सय ८५ जनाको उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS