IME Life New

ज्योति लाईफमा आवद्ध सबैले काठमाडौं ग्रुप अफ होटल्सको सेवामा विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा काठमाडौं ग्रुप अफ होटल्स काठमाण्डौसँग होटल तथा रिसोर्ट सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता गरेको छ ।

सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र काठमाडौं ग्रुप अफ होटल्सका प्रबन्ध निर्देशक दिवकर राजकर्णिकले हस्ताक्षर गरे ।

Esewa
Crest

सम्झौता पश्चात ज्योति लाईफमा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले काठमाडौं ग्रुप अफ होटल्सको सञ्जाल भित्र आबद्ध भएका देशका विभिन्न स्थानमा रहेका ७ वटा होटल तथा रिसोर्टमा उपलब्ध हुने फुड एण्ड वेभरेज तथा अन्य होटल सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।

सम्झौताले कम्पनीसँग आबद्ध सम्पूर्ण महानुभावहरु काठमाडौं ग्रुप अफ होटल्स का विभिन्न स्थानहरुमा स्थापित सातवटा होटल तथा रिसोर्टहरुमा प्रप्त हुने सेवा सुविधाहरुबाट लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको छ ।

उक्त कार्यक्रममा दुवै कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS