IME Life New

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीद्धारा ११ लाख ७७ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योती लाइफ इन्स्योरेन्स कम्पनीले दुर्घटनाबाट मृत्यु भएका आफ्ना तिनजना बीमितको परिवारलाइ ११ लाख ७७ हजार ४ सय ४३ रुपैया हस्तान्तरण गरेको छ ।

कम्पनीले कुश्मा नगरपालिका ३, दुर्लुङमा जेठ १७ गते राती गएको पहिरोमा परि मृत्यु भएका स्थानीय राम प्रसाद शर्मा –माधब) का एक छोरा एक छोरी र श्रीमतिको नाममा ज्योती लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा गरेका थिए । सो बीमा बापतको रकम पीडित राम प्रसाद शर्मा (माधब) लाई हस्तान्तरण गरेको हो ।

Esewa
Crest

कम्पनीका धौलागिरी एरिया प्रमुख मेघराज खड्काले जीवन बीमा गरेर भैपरी आउने जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गर्नुपर्ने बताए ।

कार्यक्रममा कुश्मा नगरपालिका ३, दुर्लुङ का वार्ड अध्यक्ष तेज प्रसाद पाध्या, पेशागत बिमा अभिकर्ता संघ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बाग्लुङका अध्यक्ष रामशरण पोख्रेल, समाजसेवी आरसी पौडेल, ज्योति लाइफका कुश्मा शाखा प्रबन्धक राजन केसि लगायतले जीवन बीमाको बारेमा प्रष्ट पारेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS