IME Life New

ज्योति लाइफले आइपिओ निष्काशनका लागि अनुमति पायो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। ज्योती लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ६६ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्न अनुमति दिएको हो। बोर्डले प्राथमिक शेयर निष्काशनका लागि अनुमति दिए सँगै केहि दिनमै सार्वजनिक सूचना जारी गरेर बिक्री गर्न सक्ने छन्।

हाल कम्पनीको संस्थापक शेयर पुँजी एक अर्ब ५४ करोड रुपैयाँ रहेको छ। प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब ३० करोड रुपैयाँ पुग्नेछ। जसमा सर्वसाधारण समुहको ३० प्रतिशत र संस्थापक समुहको ७०  प्रतिशत कायम हुनेछ। प्राथमिक शेयर निष्काशनका बिक्रि प्रवन्धक एनएमबी क्यापिटल रहेको छ।

Esewa
Crest

बीमा समितिले जीवन बीमा व्यवसाय सञ्चालका लागि अनुमति दिएका १० जीवन बीमा कम्पनीहरु मध्ये ज्योति सहित तीन वटाले बोर्डबाट अनुमति पाएका छन्। यस अगाडि अनुमति पाएका रिलायन्स र प्रभु लाइफले सर्वसाधारणका लागि शेयर जारी गरिसकेका छन्। दुबै को शेयर दोस्रो बजारमा सूचिकृत भएर कारोबार भैरहेको छ। बाँकी ७ वटा बीमा कम्पनीहरु पनि प्राथमिक शेयर निष्काशनको प्रकृयाँमा छन्।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि ट्रिपल बी रेटिङ पाएको छ । केयर रेटिङ नेपालले गरेको उक्त रेटिङ अनुसार  कम्पनीको वित्तीय अवस्था निकै बलियो रहेको जनाउदछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS