IME Life New

ज्योति लाइफको बीमा योजना सबन्धी एनिमेसन भिडियो सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाईफले ग्राहकहरुलाई आफ्ना बीमा योजना सम्बन्धी सरल र विस्तृत जानकारीको लागि नेपाली जीवन बीमा उद्योगमा नै नौलो प्रयोगको रुपमा पहिलो पटक एनिमेसन भिडियो सार्वजनिक गरेको छ ।

ज्योति सुरक्षित भविष्य जीवन बीमा योजना सम्बन्धी उक्त भिडियोमा यसका विशेषता तथा यस्ले गर्ने रक्षावरण सम्बन्धी सम्पूर्ण जानकारी समावेश गरिएको छ । नेपालमै सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध ५० लाख रुपैयाँसम्मका आर्थिक सुरक्षा सहितको योजनाको साथ फरक पहिचान बनाएको यस कम्पनीले गरेको उक्त नयाँ प्रयोगले जनतालाई योजनाका महत्व सम्बन्धी सम्पूर्ण जानकरी प्रष्ट गराउने विश्वास लिएको छ ।

Esewa
Crest

कम्पनीले भिडियोहरुबाट जनताले योजना खरिद गर्नु अघि नै सम्पूर्ण जानकरी प्राप्त गर्ने हुदाँ, उपयुक्त योजना खरिद गर्न मद्दत पुग्ने कुरामा विश्वास गरेको छ । कम्पनीले सदैव आफ्नो ग्राहकको सुरक्षाप्रति ध्यानाकर्षित हुँदै कार्य गरिरहेको साथै यसको प्रयोगले आफ्नो कम्पनी र यस सँग आबद्ध बजार प्रतिनिधीहरुलाई योजना सम्बन्धी जानकारी दिन सरल र छरितो हुने कुरामा कम्पनीका कार्यकारी प्रमूख प्रकाश विक्रम खत्रीले विश्वस्त रहेको बताए ।

“स्मार्ट सोचौं ज्याति लाईफ रोजौं” भन्ने नाराका साथ हाल लकडाउनका अवस्थामा कम्पनी द्वारा प्रदान गरिने सेवालाइ प्रविधिमैत्रि बनाई समाजिक दुरी कायम होस भन्ने उद्देश्यले बीमाशुल्क भुक्तानीको लगी अनलाईन भुक्तानी सुविधा र एजेन्ट तथा ग्राहक वर्ग दुवै आफ्नो मोवाइलबाट सम्पुर्ण जानकारी हेर्न मिल्ने मोबाईल एप धेरै अघि नै बजारमा ल्याई सकेको कम्पनीले जनाएको छ ।

www.facebook.com/jyotilifeinsurance/videos/195223495117586

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS