IME Life New

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शुरु गर्यो गो डिजिटल क्यामपियन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गो डिजिटल क्यामपियनको शुरुवात गरेको छ । आफ्नो सेवा प्रारम्भ देखि नै प्रविधिको प्रयोगलाइ प्राथमिकता राखी अधिकतम रुपमा प्रविधिको उपयोग गर्दै कार्य गरिरहेको यस कम्पनीले आफ्ना अभिकर्ता तथा बीमितहरुलाइ प्रविधिको उपयोग बढाउन मद्दत पुर्याउने उद्धेश्यले डिजिटल अभियानकोे शुरुवात गरेको हो ।

यस क्यामपियनको पहिलो कार्यक्रम बाग्मती प्रदेश अन्तर्गत काठमाण्डौ उपत्यकाभित्रका ५० भन्दा बढी एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको उपस्थितिमा केन्द्रिय कार्यालयको तालिमहलमा सम्पन्न भएको थियो । कार्यक्रममा कम्पनीका सूचना प्रविधि विभाग प्रमुखले ज्योति लाइफले उपयोगमा ल्याएका स्मार्ट एप, अनलाईन मार्फत बीमा शुल्क भुक्तानी, क्यूआर कोड मार्फत बीमा शुल्क भुक्तानी, अनलाइनबाट नै जीवन बीमा गर्ने तरिका, बैदेशिक रोजगार बीमालेख लिने तरिकाको माध्यमबाट आफुलाइ आवश्यक परेको जानकारी मोबाइलबाट सजिलै लिन सकिने विषय जस्ता विविध डिजिटल प्रविधिहरुको बारेमा जानकारी मुलक प्रस्तुति दिए ।

Esewa
Crest

साथै, उनले प्रविधिको उपयोगबाट लिन सकिने फाइदाहरुको बारेमा जानकारी दिए भने सहभागिहरुसंग दैनिक जिवनमा आइपर्ने कार्यमा डिजिटल च्यानलको उपयोग सम्बन्धमा अन्तरक्रिया समेत गरिएको थियो । सोही कार्यक्रम मार्फत अभिकर्ताहरुलाइ उपयोगि हुने भिडियो समेत सार्बजनिक गरिएको थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । यस्ता किसिमका कार्यक्रमहरु क्रमशः प्रादेशिक स्तरमा विस्तार गर्दै प्रविधिको उपयोगमा सबैलाइ सहभागि गराउन प्रयास गर्ने कम्पनीको योजना रहेको र यसबाट उच्चतम लाभलिन सबै पक्षलाइ कम्पनीले विशेष अनुरोध गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS