IME Life New

ज्योति लाइफको आइपीओमा अहिलेसम्मकै उच्च आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा अहिलेसम्मकै सर्वाधिक आवेदन परेको छ। कम्पनीले आजसम्म निष्काशन गरेको प्राथमिक शेयरमा १८ लाख ४२ हजार ४ सय ९६ आवेदकहरुबाट ३ करोड ८४ लाख ८६ हजार २ सय २० कित्ता आवदेन परेको छ ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरमा कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ।बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन।

Esewa
Crest

यो आवेदन हालसम्मकै उच्च रहेको कुरा जानकारी गराउँदै कम्पनीका कार्यकारी प्रमुख प्रकाश विक्रम खत्रीले कम्पनी प्रति देखाएको दृढ विश्वास प्रति कम्पनी र आफु आभार रहेको कुरा जानकारी गराए ।

कम्पनीले आफ्नो ग्राहकहरु माझ पुयाएको सेवा सुविधा, कम्पनीको भौतिक तथा अर्थिक व्यवस्था, अन्डरराईटिङ् गाईडलाइन्स् , पुनर्बीमा व्यवस्थापन तथा सम्पुर्ण व्यवस्थापनको निरक्षण पश्चात केयर रेटिङ नेपालले गरेको मुल्याङ्कनको आधारमा ज्योति लाईफले त्रिपल बी प्राप्त गरेको थियो ।

उक्त रेटिङको आधारमा ज्योति लाईफको वित्तिय दायित्व बहन क्षमता र क्रेडिट जोखिमको बहन क्षमता मध्यम रहेको कुरा बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS