IME Life New

ज्योति लाइफको अनलाईन सेवा ‘ज्योतीबट’मा थपियो सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले सूचना प्रविधिलाई मध्यनजर गर्दै सुरु गरेको ज्योतीबटलाई थप गुणस्तरीय बनाएको छ । प्रविधिमा आएको परिवर्तन तथा सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखि थप सुविधा सहित च्याटबटमा ल्याइएको प्रविधिमैत्री परिमार्जनले गुणस्तरीय र प्रभावकारी सेवा ग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणहरु लाई दिने विश्वास कम्पनीले लिएको छ ।

६ महिना अघि संचालनमा ल्याएको ज्योतीबटले विभिन्न कम्पनीको वेबसाइट, फेसबुक पेजका साथै मोबाईल एपबाट विभिन्न सेवाहरु प्रदान गर्दै आइरहेको छ । जस्तै बीमित र अभिकर्ता सम्बन्धि जानकारी, कम्पनीको बीमा योजना सम्बन्धी जानकारी र सोको प्रतिक्रिया, हेल्पडेस्क, डाउनलोड तथा अन्य सेवाको जानकारी स्वचालित रुपमै दिदैं आएको र सोहि सुविधालाई अझ बढी सहज गराउनका लागि अनलाईन भुक्तानी, दाबी प्रकृया तथा वैदेशिक रोजगार सम्बन्धि अनलाईन लगइन सम्बन्धमा थप जानकारी पनि राखिएको छ ।

Esewa
Crest

साथै सेवाग्राहीले सोझै च्याट मार्फत आफ्ना बिवरणहरु, सम्पर्क नम्बर, ठेगाना, इमेल, हकवालाको नाम, स्थाई लेखा नम्बर, बैङ्क खाता नम्बर, जन्म मिति अद्यावधिक गर्ने तथा लाईसेन्स नवीकरण सम्बन्धि जानकारी लिन सकिने व्यवस्था रहेको छ । यसका अलावा ग्राहकबर्गले च्याटबटको सुची बाहेक लेखेर सोधिएको प्रश्नहरु पनि ज्योतिबटले किवर्ड प्रोसेसिङ्ग गरि जिज्ञाशाको उत्तर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सेवाग्राहीलाई गुणस्तरीय तथा प्रभावकारी रुपले सेवा प्रदान उद्देश्यका साथ ज्योतीबटको माध्यमबाट थप सुबिधा प्रारम्भ गरेको र निकट भविष्यमा अन्य सेवाहरु सम्बन्धि जानकारी दिने कुरामा आफ्ना सेवाग्राही, अभिकर्ता तथा अन्य सर्वसाधारण लाई विस्वस्त हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS