IME Life New

ज्योति लाइफका कर्मचारी, अभिकर्ता तथा शेयरधनीले मेरिना इम्पेक्स एण्ड टेलरिङ्गमा २० प्रतिशत छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं।  ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मेरिना इम्पेक्स एण्ड टेलरिङ्ग सँग सर्टिङ सुटिङ तथा टेलरिङ सेवामा तथा बीमा सेवाका लागि द्धिपक्षिय सेवाको लागि  साझेदारीपत्रमा संझौता भएको छ। कम्पनीले आफ्ना ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा दिने क्रममा यस्तो संझौता गरेको हो।

उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई प्रदान गरिने बिशेष कार्ड ज्योति केयर्स कार्ड बाहक ग्राहक तथा निजका परिवारका सदस्यहरुले मेरिना इम्पेक्स एण्ड टेलरिङ्ग सेन्टरको सञ्जाल भित्र आबद्ध भएका देशका विभिन्न स्थानमा रहेका  ४ वटा भन्दा बढी शाखाहरुमा सर्टिङ सुटिङ तथा टेलरिङ्ग सेवामा २० प्रतिशतको छुट प्राप्त गर्नेछन्।

Esewa
Crest

संझौता अनुसार मेरिना इम्पेक्सका कर्मचारीहरुको बीमा ज्योति लाईफले गर्ने छ। यस सम्झौताले कम्पनीसंग आबद्ध सम्पूर्ण व्यक्तिहरुले सर्टिङ सुटिङका लागि मेरिना इम्पेक्सको सेवा सुविधा सुपथ मुल्यमा प्राप्त गर्न सक्ने छन्। सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्सका कर्पोरेट सोलुसन बिभाग प्रमुख सनन्दन पोखरेल तथा मेरिना इम्पेक्स एण्ड टेलरिङ्ग सेन्टरका कार्यकारी निर्देशक मोहन मान जोशीले हस्ताक्षर गरेका छन्। उक्त कार्यक्रममा दुवै कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS