IME Life New

जीवन विकास लघुवित्तको साधारण सभा सम्पन्न, बम्पर लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा वित्तीय संस्थाका अध्यक्ष विक्रम राज सुबेदीको अध्यक्षता तथा जीवन विकास समाजका संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक योगन्द्र मण्डलको प्रमुख आतिथ्यमा सफलता पूर्वक सम्पन्न भएको हो ।

सभालाई स्वागत तथा कार्यक्रमवारे जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले गरेका थिए । उक्त सभाबाट सर्व साधारण शेयरधनीहरु मध्येबाट २ जना सञ्चालक चयन हुनुपर्नेमा तीन जनाको उम्मेदवारी रहेको थियो । यसरी निर्वाचन प्रक्रियाबाट गोकर्ण खतिवडा र अशोक सिटौला निर्वाचित भई सर्वसाधारणको तर्फबाट सञ्चालकको रुपमा चयन भएका हुन् ।

Esewa
Crest

नव नियुक्त सञ्चालकहरुलाई वित्तीय संस्थाका अध्यक्ष विक्रम राज सुबेदीले प्रमाण पत्र प्रदान गर्नुका साथै शपथ ग्रहण गराएका थिए । साधारण सभामा प्रस्तुत भएका बाँकी सम्पुर्ण प्रस्तावहरु सर्व सम्मत पारित भएका छन् ।

सभाबाट संचालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७७/०७८ को वितरणयोग्य मुनाफाबाट २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको ७० प्रतिशतले हुन आउने रकम ४२,५८,८०,००० बोनश शेयर तथा ३.६८ प्रतिशतले हुन आउने रकम २,२४,१४,७३६.८४ नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाब, नगद प्रवाह, वासलात लगायतका वित्तीय विवरणहरु समेत छलफल गरी पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS