IME Life New

जीवन बीमा कम्पनीहरुको लागि एनएफआरएसमा आधारित वित्तीय विवरणको निर्देशिका जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बीमा समितिले जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको एनएफआरएसमा आधारित बित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ। नेपालको लेखामान बोर्डले गएको वर्षदेखिनै बीमा कम्पनीहरुमा एनएफआरएस लागु गरेको थियो।

नेपालले इन्टरनेशनल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्डमा हस्ताक्षर गरे सँगै एनएफआरएस लागु गरेको हो। बाणिज्य बैंकहरुमा दुई वर्ष अगाडि नै यो लागु भैसकेको छ। ५० करोड रुपैयाँ भन्दा माथि पुँजी भएका तथा नेपाल धितोपत्र बोर्डमा सूचिकृत सम्पुर्ण कम्पनीले यो प्रणाली लागु गर्नु पर्ने व्यवस्था छ।

Esewa
Crest

गएको वर्षदेखिनै बीमा कम्पनीहरुमा लागु हुनु पर्ने व्यवस्था भए पनि बीमा समितिले एनएफआरएसको स्पष्ट निर्देशिका तयार नपार्दा बीमा कम्पनीहरु अलमलमा थिए। पुरानो प्रणाली र एनएफआरएसको रिपोर्टिङ फर्म्याट फरक हुने भएकाले नाफा तथा अन्य कुराहरु फरक पर्न जान्छ।

समितिले जारी गरेको यस निर्देशिकाले कम्पनीहरुलाई सजिलो हुने समितिले जनाएको हो। आइएफआरएसलाई लागु गर्दा सम्बन्धित देशले यसलाई मोडिफाइ गर्न सक्छन्। यस प्रणालीले वित्तीय अवस्थाको अहिलेको फेयर भ्यालुलाई रिपोर्टिङ गर्छ।  यसको अर्को व्यवस्था भनेको वित्तीय सूचकमा देखिएका अस्वभाविक उचारचढावलाई प्रष्ट सँग खुलाउनु पर्ने हुन्छ।

NFRS-Directive-for-Life-Insurer-2077

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS