IME Life New

जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन ३८ अर्ब, कुन कम्पनीको कति (बजार हिस्साको सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा ३८ अर्ब तीन करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले कुल एक खर्ब ३९ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क आर्जनको हिस्सा २७.३४ प्रतिशत रहेको छ ।

प्रथम बीमा शुल्क आर्जन तर्फ पुराना भन्दा नयाँ बीमा कम्पनी आक्रामक देखिएका छन् । प्रथम एकल र नविकरण सहित कुल तर्फ पुराना कम्पनी नै हाबी छन् । तर प्रथम तर्फ भने नयाँ बीमा कम्पनीहरु युनियन, सिटिजन, रिलायबल छन् । प्रथम तर्फ सबैभन्दा पुच्छारमा पुरानो बीमा कम्पनी गुराँस लाइफ छ । जसलाई सबैभन्दा कम बीमा शुल्क आर्जन गर्ने महालक्ष्मी लाइफले पनि उछिनेको छ ।

Esewa
Crest

प्रथम बीमा शुल्क आर्जनमा सर्वाधिक धेरै नेपाल लाइफको ६ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । कुल बीमा शुल्क तर्फ २५ प्रतिशत बजार हिस्सा ओगटेको नेपाल लाइफको प्रथम तर्फ भने १७ प्रतिशत छ । दोस्रो स्थानमा रहेको नेशनल लाइफको ४ अर्ब २५ करोड रुपैयाँ छ । कुलमा नेशनल तेस्रो स्थानमा रहेको छ ।

तेस्रो स्थानमा रहेको एलआईसी नेपालले गत आर्थिक वर्षमा २ अर्ब ९६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । जसको बजार हिस्सा ७.७९ प्रतिशत मात्रै छ । चौथो स्थानमा रहेको युनियन लाइफले २ अर्ब ५१ करोड रुपैयाँ आर्जन गरेको छ । जसको बजार हिस्सा ६.६२ प्रतिशत छ ।

पाँचौ स्थानमा रहेको सिटिजन लाइफले २ अर्ब ३४ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत वर्ष युनियन, सिटिजन र रिलायबल नेपाल सर्वाधिक आक्रामक देखिएका छन् । रिलायबल नेपालले २ अर्ब ३२ करोड रुपैयाँ आर्जन गर्दा बजार हिस्सा ६.१२ प्रतिशत छ ।

सातौ नम्बरमा रहेको एशियन लाइफले २ अर्ब १४ करोड आर्जन गर्दा बजार हिस्सा ५.६३ प्रतिशत छ । अन्य कम्पनीहरुले क्रमश सन नेपाल एक अर्ब ८५ करोड, सूर्या लाइफ एक अर्ब ७८ करोड, ज्योति लाइफ एक अर्ब ५० करोड, आइएमई लाइफ एक अर्ब ३८ करोड, प्रभु लाइफ एक अर्ब ३८ करोड, रिलायन्स लाइफ एक अर्ब २९ करोड, प्राइम लाइफ एक अर्ब २७ करोड, मेट लाइफ एक अर्ब, राष्ट्रिय बीमा संस्थान ९६ करोड, सानिमा लाइफ ८९ करोड, महालक्ष्मी लाइफ ८२ करोड र गुराँस लाइफले ६० करोड रुपैयाँ आर्जन गरेको छ ।

जीवन बीमा व्यवसायमा प्रथम बीमा शुल्क आर्जन सबैभन्द महत्वपुर्ण मानिन्छ । कम्पनीको अहिलेको बृद्धिदर कस्तो छ र तत्कालिन अवस्थामा उच्च व्यवस्थापनको कामको नतिजा हेर्न प्रथम बीमा शुल्क आर्जनलाई आधार मानिन्छ । अभिकर्ताले प्रथम बीमा शुल्क आर्जनमा सबैभन्दा महत्वपुर्ण भुमिका निर्वाह गर्छन् । यसरी पहिलो पटक व्यवसाय भित्रिसके पछि उक्त बीमित कम्पनीको २० औ वर्षको ग्राहक हुने भएकाले अहिले जति धेरै व्यवसाय गर्न सक्यो यो दीर्घकालिन हुन्छ ।

नोटः यस तथ्याङ्कमा एकल बीमा शुल्क आर्जन समावेश गरिएको छैन

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS