IME Life New

जीवन बीमा अभियानमा भारतीय जीवन बीमकले बनायो गिनिज बुकमा विश्व किर्तीमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमाको प्रचार प्रसार अभियानका क्रममा भारतीय जीवन बीमा कम्पनी एचडिएफसी लाइले विश्वव्यापी किर्तीमानी कायम गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत नाम दर्ज गराउन सफल भएको छ। एक साथ १९ हजार १७ जनाको सेल्फी फोटोलाई एउटै फ्रेममा उतारेर एचडिएफसी लाइफले किर्तीमान कायम गर्न सफल भएको हो ।

यो जीवन बीमकले भारतभर बीमा अभियान अन्तर्गत देशभरका बीमितलाई सेल्फी फोटो खिचेर अभियानमा ऐक्यबद्धता जनाउन आह्वान गरेको थियो । इच्छुक व्यक्तिले कम्पनीको वेबसाइटमार्फत् आफ्नो सेल्फी फोटो यो अभियानमा दर्ज गराएका थिए ।

Esewa
Crest

अभियानको बारेमा बोल्दै, विशाल सुभरवालले सन् २०४७ सम्ममा सबैका लागि जीवन बीमा भन्ने सरकारी लक्ष्यलाई सुनिश्चित गर्ने बृहत्तर उद्योग दृष्टिकोणका साथ जीवन बीमाको बारेमा चेतना बढाउनका लागि यो अभियान सञ्चालन गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS