IME Life New

जीवन बीमामा मानव जीवन मूल्य भनेको के हो ? बीमाङ्क निर्धारणमा यसले के प्रभाव पार्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । परिवारको मूल व्यक्तिले आम्दानी गर्ने र बाँकी सदस्यहरू आश्रित रहने अवस्थामा मूल व्यक्तिको असायमिक निधन वा स्थायी अपाङ्गताले परिवारमा ठूलो बज्रपात पर्छ। यस्तो अवस्थामा दैनिक जीवनयापनसँगै पारिवारिक व्यवहारलाई निरन्तरता दिनका लागि स्थायी आम्दानीको श्रोत पहिले देखि नै सुनिश्चित गर्नु उपयुक्त हुन्छ।

घरको लागि कमाउने व्यक्ति नहुँदाको अवस्थामा भविष्यमा कुनै परिवारको आश्रितलाई कति रकम आवश्यक पर्न सक्छ ? यो प्रश्नको उत्तर खोज्नका लागि मानव जीवन मूल्यले सहजता प्रदान गर्छ । जीवन बीमाका लागि कति रकमको बीमाङ्क रोज्ने वा कति रकमको बीमा गर्ने भन्ने निर्णय लिने आधार पनि मानव जीवन मूल्य नै हो ।

Esewa
Crest

अंग्रेजीमा ह्युमन लाइफ भ्यालु भनिने मानव जीवन मूल्यले पारिवारिक वित्तीय आवश्यक्ताहरूको पूर्व आंकलन गरेर उपयुक्त बीमाङ्क रकम छनाैट गर्न सुझाव दिन्छ।

मानव जीवन मूल्य निर्धारणका लागि निम्न पक्षहरूलाई समावेश गरिन्छः

१) वार्षिक आम्दानी

२) परिवारका लागि छुट्याइएको आम्दानी

३) अवकाश हुने उमेर

४) खर्च

५) वित्तीय दायीत्व

६) मुद्रास्फिति दर

७) बजारको ब्याज दर

उदाहरणका लागि कुनै मानिसको वार्षिक आम्दानी १० लाख रूपैयाँ छ भने यसमध्ये उसको व्यक्तिगत खर्चवापतको २ लाख रूपैयाँ छुट्याएर बाँकी रहने ८ लाख रूपैयाँ उसको पारिवारिक खाँचो र व्यवहार चलाउनका लागि उपलब्ध हुन्छ। अब उसको हालको उमेर ४० वर्ष छ र अबको २० वर्षपछि त्यो मानिस जागिरबाट अवकाश हुनेछ। यस आधारमा उसले जागिर गर्न बाँकी अवधि २० वर्ष मात्र छ। उसलाई बाँकी बीस वर्षसम्म आफू बाहेक परिवारको खर्च धान्नका लागि मात्रै पनि कुल १ करोड ६० लाख रूपैयाँ आवश्यक पर्नेछ।

सामान्य गणनामा १ करोड ६० लाख रूपैयाँ त्यस मानिसको मानव जीवन मूल्य हुन आउँछ । तर मुद्रा स्फिति र बजार ब्याज दरका कारण अहिले गणना गरेको रकमको क्रय क्षमता(वास्तविक मूल्य) भविष्यमा घट्न जान्छ। त्यसैले अहिले गणना गर्दा निस्किएको मानव जीवन मूल्यमा मुद्रा स्फिति दरको प्रभाव समेत समावेश गरेर भविष्यको आधारमा मानव जीवन मूल्यको आंकलन गर्नुपर्छ।

सैद्धान्तिकरूपमा मानव जीवन मूल्य उपयोगी भएपनि हाम्रो जस्तो बीमाको सचेतना न्यून भएको बजारमा बीमाङ्क रकम निर्धारणमा यो गणना पूर्णरूपमा उपयुक्त देखिदैंन । विकसित बजारमा ठूलो बीमाङ्कको म्यादी जीवन बीमा योजनाहरू सस्तो बीमाशुल्कमा उपलब्ध हुने भएकाले मानव जीवन मूल्य बराबरको बीमाङ्क रकमको बीमा गर्न सहज हुन्छ।

नेपाली बजारमा माग र आपूर्ती दुबैमा समस्याः

नेपालको बीमा बजारमा मानव जीवन मूल्यको आधारमा ठूलो बीमाङ्कको म्यादी जीवन बीमा व्यक्तिगतरूपमा सहजै खरिद गर्न सकिने सुविधा छैन । उच्च जोखिम हुने भएकाले अधिकांश जीवन बीमकले ठूलो बीमाङ्कको म्यादी बीमा संस्थागत ग्राहकमार्फत् मात्र बिक्री गरिरहेका छन् । सहकारी सदस्य, लघुवित्त वित्तिय संस्थाका ऋणी, बैंकका ऋणी ग्राहक, ठूला उद्योग र व्यापारिक प्रतिष्ठानका कर्मचारीको लागि मात्र ठूलो बीमाङ्कको बीमालेख बिक्री खुल्ला गरिएकाले सर्वसाधारणको सहज पहुँचमा छैन ।

अर्कोतर्फ नेपालको बीमा बजारमा जीवन बीमालाई अहिलेसम्म पनि बचतको औजारका रूपमा बजारिकरण हुँदै आएको छ। जोखिम बहन गर्ने भन्दा पनि प्रतिफल सहितको बचत गर्ने उद्देश्यले जीवन बीमा गर्नुपर्छ भन्ने आम बुझाई रहेको छ।

बीमामा समावेशिताको लागि पनि म्यादी र लघु बीमामार्फत् बीमामा पहुँचको अवसर विस्तार गर्नुपर्छ। त्यसैले ठूलो बीमाङ्कको म्यादी जीवन बीमालेख पनि बीमितको आवश्यक्ता सम्बोधन हुने गरी सहज उपलब्ध गराउनु जरूरी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS