IME Life New

जीवन बीमामा बोनस लोडिङ भनेको के हो ? बोनस लोडिङका कारण बीमितलाई नाफा वा घाटा हुन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीले अझैसम्म पनि नेपाली उपभोक्तामाझ बीमाको बजारीकरण गर्ने प्रमुख अस्त्र हो, बोनस दर। बीमितलाई अनुमानित र संभवत वास्तविक प्रक्षेपणभन्दा पनि गलत व्याख्या गरेर उच्च बोनस प्रतिफलसँगै दोब्बर रकम पाइने भनेर बजारीकरण गरिरहेका हुन्छन् ।

यही गलत व्याख्याका कारण बीमा गरेको १० वा १५ वर्षपछि बीमितले बीमाङ्कको दोब्बर रकम नपाउँदा ठगिएको महशुस गर्छन् । टाइम भ्यालु अफ मनि(पैसाको समय मूल्य) का कारण बीमितले प्राप्त गरेको रकमभन्दा थोरै मात्र बढी रकम पाई रहेको अवस्था समेत हुन्छ।

Esewa
Crest

बीमा कम्पनीले बीमा योजनाहरूको विकास गर्ने समयमा बीमाशुल्क दर निर्धारण गर्दा बीमितले कति प्रतिशत सम्म प्रतिफल प्राप्त गर्छन् भन्ने प्रक्षेपण गरेका हुन्छन् । यस्तो प्रक्षेपणका आधारमा लगानीमा प्राप्त हुने प्रतिफल र बीमाशुल्कबाट हुने बचत रकम समेत अपुग हुने भएको अवस्थामा बीमकले बीमाशुल्क दरमा अतिरिक्त रकम थपिदिन्छ। यसरी बीमाशुल्क दरमा अतिरिक्त भार थप्नु नै बोनश लोडिङ हो । कुनै पनि बीमालेखमा जति बढी बोनस लोडिङ गरिएको हुन्छ, उति नै धेरै बीमितले बोनस प्राप्त गर्ने संभावना रहन्छ। यसो गर्दा बीमाशुल्क भने तुलनात्मकरूपमा महँगो पर्न जान्छ।

बीमाशुल्क दर सस्तो बनाएर बीमा बजारीकरण गर्ने रणनीति लिएका बीमकको बोनस दर न्यून हुन्छ। सस्तो बीमाशुल्कबाट प्राप्त हुने बचत र त्यस्तो बचतवापतको प्रतिफल, दुबै सीमित हुँदा बीमितलाई बोनस पनि थोरै प्राप्त हुन्छ। पुरानामध्येका केही कम्पनीको बोनस दर उही समयमा कारोबार शुरू गरेका अन्य बीमकको तुलनामा थोरै हुनुका पछाडी अपुग बोनस लोडिङ पनि एउटा कारण हो ।

बोनश लोडिङ गर्दा प्रति हजार बीमाङ्कमा कति रकम खर्च र कति रकम बचत हुन्छ, त्यसको गणना गरेर अपेक्षित प्रतिफल दरका आधारमा बोनस लोडिङ गरिन्छ। बोनस लोडिङ भनेको अपेक्षित प्रतिफल दर अनुसारको प्रतिफल हासिल गर्नका लागी बीमाशुल्कमा अतिरिक्त भार थप्ने कार्य हो।

नाफा घाटाको प्रक्षेपणसँगै जीवन बीमकले अपेक्षित प्रतिफलको भार समेत बीमाशुल्कको गणनामा थप्छ,यसलाई प्रोफिट वा बोनस लोडिङ भनिन्छ । नेपालमा प्रचलित बोनस लोडिङ दर ६ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS