IME Life New

जीवन बीमामा प्रतीक्षा अवधि भनेको के हो ? के प्रतीक्षा अवधिभित्र दाबी गर्न पाइन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा योजना विशेषगरी स्वास्थ्य बीमा र जीवन बीमा योजनामा रोगको उपचार र निश्चित प्रकारका जोखिम बहनका लागि बीमकले केही पूर्व सर्तहरु तय गरेको हुन्छ। पूर्वसर्तअन्तर्गत बीमालेख जारी भएको निश्चित अवधि पूरा भएपछि मात्र बीमालेख पूर्ण रुपमा लागू हुने सर्त पनि समावेश गरिएको हुन सक्छ।

पूर्वसर्तमा खासगरी बीमालेख जारी गरेको ३० दिन, ३ महिना वा ३ वर्षको अवधि पूरा भएपछि मात्र बीमालेखको सर्तअन्तर्गत बीमितलाई दाबी भुक्तानी दिइनेछ भन्ने सर्त बीमकले राखेको हुन्छ। स्वास्थ्य बीमामा बीमितले बिरामी भएको अवस्थामा बीमालेख खरिद गरेर तत्कालै बीमा दाबी हात पार्ने सम्भावनालाई रोक्नका लागि प्रतीक्षा अवधि राखिएको हुन्छ। यसमा १५ देखि ४५ दिनको प्रतीक्षा अवधि हुन्छ।

Esewa
Crest

प्रतीक्षा अवधि पूरा नहुँदै कुनै रोगको दाबी परेमा बीमकले दाबी अस्वीकार गर्ने कानुनी अधिकार हुन्छ। यो अवधिमा आकस्मिक दुर्घटनाका कारण घाइते, चोटपटक लागेको अवस्थामा चाहिँ बीमकले दाबी अस्वीकार गर्दैन । स्वास्थ्य बीमालेख नवीकरण गर्दा प्रतीक्षा अवधि लागू हुँदैन।

जीवन बीमाअन्तर्गत पनि फरक–फरक प्रकृतिको बीमालेखमा फरक–फरक प्रतीक्षा अवधि तोकिएको हुन्छ। यस्तो अवस्थामा बीमा योजना खरिद गरेलगत्तै सबै बीमा योजनामा जोखिम बहन सुरु हुँदैन। जोखिम बहन सुरु हुनका लागि केही दिन वा वर्षको प्रतीक्षा अवधि तोकिएको हुन्छ। यस्तो प्रतीक्षा अवधि पूरा नहुँदै बीमितको निधन भयो वा अस्वस्थता वा दुर्घटनामा परेर अपांगता भयो भने बीमा दाबी पाइँदैन।

जीवन बीमालेखमा घातक रोगविरुद्धको सुरक्षाका लागि जारी गरिने अतिरिक्त सुविधा(राइडर) सक्रिय हुने समयावधि तोकिएको हुन्छ। यस्तो समयावधि ३० देखि ९० दिनको हुन्छ।

घातक रोगको सुविधा रोज्दा बीमालेखमा समावेश नहुने जोखिमहरु

– बीमा दाबी गर्दा बीमित एचआइभी एड्स संक्रमित भनी पहिचान भएमा ।

–बीमा गर्नुअघि (पूर्वविद्यमान) नै कुनै रोग लागेको भएमा सो रोगको उपचार गर्नुपरेमा ।

– पहिला नै भएको रोग अर्थात् पूर्व विद्यमान रोग भन्नाले बीमितलाई आफूलाई भएको निम्न लिखित रोगबारे जानकारी भएको अवस्थाहरुः

– बीमालेख जारी गर्नु पूर्व कुनै रोगको उपचार गरेको वा उपचार गराइरहेको ।

– औषधि सेवन, उपचारसम्बन्धी सुझाव, कुनै रोगको पहिचान अथवा उपचारका लागि चिकित्सकीय सल्लाह सुझाव लिएको ।

– कुनै अस्वस्थता वा फरक प्रकारको लक्षण देखा पर्ने वा रोगको लक्षण देखिएमा ।

– रोगको लक्षण विद्यमान रहेको र बीमितलाई यसको विवेकसंगत ज्ञान भएको शारिरिक अवस्थालाई बुझाउनेछ ।

– जानीबुझी वा अन्जानमा लागू पदार्थ अथवा मादक पदार्थ सेवनका कारण भएको हानी ।

– बीमितद्वारा कुनै पनि मानव अंग अरुलाई दान गरिएको भएमा ।

बालबालिकाको जीवन बीमामा प्रतीक्षा अवधि

बालबालिकाको जीवन बीमामा बीमित बच्चाको जोखिम सुरु हुने प्रतीक्षा अवधि जीवन बीमालेखहरुमध्ये सबैभन्दा लामो अवधि हुन्छ। यस्तो बीमालेखमा बीमा गरेको २ वर्ष पूरा भएपछि वा बीमित बच्चाको उमेर ५ वा ६ वर्ष पूरा भएपछि मात्र जोखिम बहन सुरु हुन्छ।

उदाहरणका लागि बालबालिकाको जीवन बीमा योजनामा बीमा गरेको २ वर्ष ननाघेको वा बीमित बालबालिकाको उमेर ६ वर्ष पूरा नहुँदासम्म बीमाको जोखिम रक्षावरण सुरु हुँदैन । अर्थात् बच्चा ६ वर्षभन्दा कम उमेरको छ भने ६ वर्षको उमेर पूरा भएपछि वा ६ वर्षको उमेरमा बीमा गरिएको छ भने २ वर्षपछि मात्र जोखिम बहन सुरु हुन्छ। तर, प्रस्तावकको हकमा भने बीमालेख जारी गरेकै मितिबाट जोखिम बहन सुरु हुन्छ र बीमित बालबालिकाको उमेर १६ वर्ष नपुग्दासम्म जारी रहन्छ।

प्रतीक्षा अवधि पूरा नहुँदै बीमित बच्चाको निधन भएमा बीमकले बीमांक रकम दाबी भुक्तानी दिँदैन । बीमाशुल्कबापतको रकम फिर्ता गरिदिन्छ।

म्यादी जीवन बीमा वा स्वास्थ्य बीमा योजनाहरुमा पनि प्रतीक्षा अवधि तोकिएको हुन सक्छ। सबै बीमा योजनामा प्रतीक्षा अवधि तोकिएको हुँदैन । बीमा गर्नुअघि यसबारे प्रस्ट जानकारी लिनुपर्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS