IME Life New

जीवन बीमाको विस्तारका लागि आयकरमा छुटको सिमा बढाउदै लैजानु पर्छ, मंगलेको विचार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

निनाम कुलुङ ‘मंगले’

नेपालका जीवन बीमा कम्पनीहरुले नेपाल सरकार समक्ष एक लाख ५० हजार रुपैयाँसम्मको आयमा आयकर छुटका लागि माग राखेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ को बजेटमा व्यक्तिहरुले व्यक्तिगत रुपमा कमाउने आयमा छुटको सिमा बढाउनु पर्ने माग राखेका हुन् । यदि यो कार्यान्वयन भयो भने नेपालमा बीमा क्षेत्र थप विस्तार हुनेछ ।

Esewa
Crest

वास्तवमै भन्ने हो भने, सरकारले कुनै पनि जागिरेहरु जस्तै निजामती, जंगी, विदेशी राजदूतावासमा कार्यरत, दातृ निकायमा कार्यरत, आइएनजिओ/एनजिओमा कार्यरत, अर्ध सरकारी संस्थानमा काम गर्ने आदि  जो कोहीले जीवन बीमा गरेमा त्यस्ता जागिरेहरुको आय करमा जसरी हाल वार्षिक २५ हजारसम्मको आयमा मात्रै आय कर छुट दिएको छ, त्यसलाई बढाउनु पर्छ ।

एकै पटक यसको सिमा बढाउने भन्दा पनि हरेक वर्ष क्रमश ५० हजार, ८० हजार, ९० हजार, एक लाख, एक लाख ५० हजार, २ लाख ५० हजारले सिमा बढाउदै जानु पर्छ । यस्तो भयो भने कर छुटका लागि पनि बीमा गर्नेको संख्या बढ्दै जान्छ । झट्ट हेर्दा सरकारलाई कर छुट दिएको जस्तो लागे पनि यसले चक्रिय रुपमा भने देशकै राजस्व बढ्छ । जति धेरै बीमाको दायरा बढ्दै जान्छ त्यहि अनुसार बीमा कम्पनीहरु सँग बीमाकोष पनि बढ्दै जान्छ । बीमितले जम्मा गरेको प्रिमियमलाई बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा लगानी गर्छन् । लगानी योग्य दिर्घकालिन पूँजी बढ्दै गर्दा कम्पनीहरुले लगानी गरेका क्षेत्रबाट आर्जन हुने मुनाफा तथा व्यवसायबाट राज्यले थप कर प्राप्त गर्न सक्छ ।

बीमितले करको सिलिङ बढ्दा तिर्नु पर्ने करबाट बच्न बीमा गर्दा उनिहरुले भुक्तानी गर्ने प्रथम बीमा शुल्कको १८ प्रतिशतसम्म कमिसन अभिकर्ताले प्राप्त गर्छन् । यहि कमिसनको पनि १५ प्रतिशत कर राज्यले पाउछ । बीमा व्यवसाय बढ्दा बीमा अभिकर्ता, कम्पनी र सरकार तीनै पक्षलाई फाइदा हुन्छ ।

नेपालमा जीवन बीमाको जनचेतना खासै छैन । अझै पनि अधिकाम्स नेपालीहरुले जीवन बीमाको बारेमा बुझ्न सकेका छैनन् । जीवन बीमाको जनचेतना अभिबृद्धि गर्न सबैभन्दा पहिला अभिकर्ताहरुलाई नै तालिम तथा शिक्षाको आवस्यकता छ । अभिकर्ताको कर र दवावका कारण कतिपयले जीवन बीमा के हो भनेर सुन्न बुझ्न नै चाहदैनन् । त्यसो हुनुमा नेपालमा हालसम्म पनि जीवन बीमाको विषयमा अध्ययन अध्यापन हुदैन ।

सरकारले अनिवार्य गरेका मोटर गाडीको मात्रै बीमा गर्ने प्रचलन बढि छ । राज्यले बीमा नगरि मोटर, गाडी, स्कुटी, बाईकको दर्ता तथा नविकरण नै हुँदैन । तर, त्यही मानिसले आफ्नो बीमा गर्न भने हिचकिचाउछ ।  बीमा व्यवसाय विस्तारका लागि बीमा ऐनलाई समयानुल बनाउनु पर्छ ।

हाल नेपालमा जीवन बीमा व्यवसाय गर्ने कम्पनीको संख्या १९ वटा छन् । नेपालमा जीवन बीमा व्यवसाय सुरु भएको यति लामो अवधि पुग्दा पनि नेपालको सम्पूर्ण जनसंख्याको पाँच भागमा एक भाग मानिसहरुले पनि जीवन बीमा गरेका छैनन् । आर्थिक वर्ष २०७२/०७३ सम्ममा बीमाको पहुँच ९ प्रतिशत मात्रै थियो । विगत ४/५ वर्षको अवधिमा जीवन बीमा गर्नेको संख्या १०/१२ प्रतिशतले बढ्नु भनेको राम्रै संकेत हो । यसको पहुँच अझै विस्तार गर्ने हो भने आयकरमा छुट दिएर प्रोत्साहन गर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS