IME Life New

जीवन बीमाको रकम दाबी गर्न एउटै महिलालाई दुई पटकसम्म मृत घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको मुम्बई शहरमा जीवन बीमावापत भारू १ करोड १० लाख (१ करोड ७६ लाख रूपैयाँ) बीमा दाबी हात पार्न एउटै बीमित महिलालाई दुई पटक मृत घोषित गरिएको छ ।

महाराष्ट्र प्रहरीको भनाई उद्घृत गर्दै टाइम्स अफ इण्डियाले उल्लेख गरे अनुसार धोकाधडीबाट कुल भारू १ करोड १० लाख हात पार्ने षड्यन्त्र अन्तर्गत ठगहरूले भारू ७० लाख दाबी भुक्तानी लिई सकेका थिए ।

Esewa
Crest

मुम्बईको भाइण्डर निवासी ४५ वर्षिया कञ्चन पाई जसलाई पवित्रा उपनामले समेत चिनिन्छ, उनलाई परिवारका सदस्यले दुई वर्षमा दुई पटकसम्म मृत घोषि गराएर मृत्यु दाबीवापतको रकम हात पार्ने योजना बनाएका हुन् ।

प्रहरीका अनुसार ती महिलाको श्रीमान् र  छोराले २०२१ र २०२३ को बीचमा निजी क्षेत्रका पाँच बीमा कम्पनीबाट  बेग्ला बेग्लै दाबीमार्फत् कूल भारू १ करोड १० लाख रुपैयाँ दाबी गरेका थिए ।उनीहरूले मृत्यु दाबीमा करिब ७० लाख रुपैयाँ प्राप्त गरेका थिए र  बाँकी रकमको पनि दाबी भुक्तानीको पर्खाईमा रहेका थिए ।

टाइम्स अफ इण्डियाका अनुसार प्रहरीले अनुसन्धान शुरू गरेपछि श्रीमान श्रीमति र छोरा समेत तीनैजना फरार छन् ।

मृत्यु दाबी भुक्तानीको रकम हात पार्नका लागि उनीहरूले चिकित्सकको सहयोगमा मृत्यु प्रमाणपत्र र दाहसंस्कार रसिद हात पारेका थिए । यो घटनामा दोषी पाइएका ५० वर्षीय चिकित्सक डा. आशुतोष यादव पनि फरार छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS