IME Life New

जीवन बीमाः मृत्युपछिसम्म पनि परिवारलाई सहारा दिने माध्यम

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा एक यस्तो भरपर्दो माध्यम हो, जसले जीवन हुँदा र जीवन नहुँदा पनि सुरक्षाको बन्धनमा राखेको हुन्छ । बीमा गर्दा बीमितले आफ्नाे हिस्साकाे जाेखिम दोश्रो पक्ष अर्थात् बीमा कम्पनीलाई हस्तान्तरण गर्ने हो । त्यसैले बीमा गर्दा बीमितलाई कहिले पनि घाटा हुँदैन ।

जीवन बीमालाई सर्वोत्तम बचतका रूपमा लिन सकिन्छ । याे अनिवार्य प्रकृतीकाे बचत हाे र यस्ताे बचतकाे उद्देश्य सामान्य प्रकारकाे बचतकाे उद्देश्य भन्दा फरक हुने भएकाले बीमामा बचत गरेकाे रकम जुनसुकै बेला झिक्ने वा उपयाेग गर्नेमा केही बन्देज भने लगाइएकाे हुन्छ। बैङ्क तथा वित्तीय संस्थामा बचत गर्दा जुनसुकै समयमा रकम झिक्न सकिने भएकाले अनावश्यक खर्च हुने सम्भावना पनि हुन्छ । तर, जीवन बीमाबापत सङ्कलन गरेको बचत तुरून्तै निकाल्न नसकिने भएकाले यसलाई सर्वोत्तम बचत भनिएको हो । बीमालेख निर्देशिका २०७९ काे प्रावधान अनुसार एक पटक बीमा गरेपछि कम्तीमा तीन वर्ष बीमाशुल्क भुक्तानी नहुँदासम्म बीमालेख बन्द गर्न वा रकम झिक्न राेक लगाइएकाे छ।

Crest

मानिसको जीवन अनिश्चितताले भरिएकाे हुन्छ, यहाँ जति बेला जे पनि हुन सक्छ, जस्ताेसुकै भवितव्यकाे सामना पनि गर्नुपर्ने हुनसक्छ । तपाई घरमूली हुनुहुन्छ, वा तपाई आफ्नाे जीवनयापनका लागी आफ्नै आम्दानीमा पूर्ण निर्भर हुनपर्ने अवस्था छ र केही गरी तपाईलाई केही अप्रत्याशित भइहाल्याे भने? जति बेला, जुनसुकै बेलापनि जोखिमहरु देखापर्न सक्छन् नै । हो तपाई हामी पनि जोखिमबाट पक्कै पनि मुक्त छैनौँ । भोलि के हुन्छ त्यो त कोहि कसैले पनि देखेको हुँदैन । त्यस्ताे घटना दुर्घटना पछिका दिनकाे खर्चपर्चकाे व्यवस्थापन कसरी हुन्छ, घरपरिवारकाे जीवन यापन कसरी हुन्छ, आफ्नाे गर्जाे कसरी टारिन्छ, हो यो विषयमा गम्भीर भएर सोच्न जरुरी हुन्छ । मानवीय जीवनमा कति बेला के जोखिम आई पर्छ, के हामीले यकीन भन्न सक्छाैं, अवश्य पनि सक्दैनाैं  ।त्यसैले हामीले त्यस्ताे दिनलाई सहज बनाउनका लागी पूर्व तयारी गर्नुपर्छ । त्याे तयारी भनेकाे बीमा गर्ने हाे ।

आफू मरेर गएपनि मेराे परिवारलाई कहिल्यै दुःख नहाेस्, घरपरिवारकाे खर्च चलाेस् , छाेराछाेरीकाे पढाई असमयै छुटाउनु नपराेस्, ऋण कर्जाका कारण जायजेथा लिलामीमा नपराेस् भन्ने कामना गर्नु हुन्छ भने तपाई आफ्नाे आम्दानी र बचत क्षमताकाे आधारमा जीवन बीमा गर्नुहोस् । याे स‌ंसारमा आफू नरहे पनि परिवारलाई माया गरी रहने एक भरपर्दाे माध्यम जीवन बीमा हो । आज तपाईले गरेको जीवन बीमाले तपाईको अभावमा पनि परिवारले तपाई भएको महशुस गर्न सक्छन् ।

काम गर्न सकुञ्जेल, तपाई परिवारको साथमा रहुञ्जेल मात्रै हैन, आफू बाँचिन भने पनि रहिन मेरो अभाव परिवारमा नखट्कियोस् भन्ने चाहनु हुन्छ भने जीवन बीमा गर्नुहोस् । भविष्यमा पर्न गएको जोखिमलाई बीमाले हेर्छ, तपाईको परिवारमा पर्न गएको आर्थिक संकटसँग सामना गर्न सहयोग गर्दछ । तपाईको परिवारलाई तपाईको अभाव पश्चात अरु कसैले साहारा नदिए पनि बीमाले दिन्छ ।

मानिसको जीवनसँग सम्बन्धित जोखिमको बिरुद्ध गरिने बीमा जीवन बीमा हो । मानविय जीवनमा आपत विपत्त परेको अवस्थामा आर्थिक सहायता जीवन बीमाले दिने गर्दछ । जीवन बीमा कुनै व्यक्ति वा निजको परिवारको आर्थिक सुरक्षाका लागि गरिने बीमा हो । बीमाको निश्चित अविधि सकिएपछि बीमालेखमा तोकिएको रकम र बोनशवापतकाे रकम थप गरी बीमा कम्पनीले बीमित भए बीमित वा बीमित नभएको खण्डमा बीमितले ईच्छाएको व्यक्तिलाई प्रदान गर्ने हुँदा जीवन बीमा मृत्यु पश्चात आफ्ना सन्तान तथा उत्तराधिकारीको हितका लागि समेत महत्वपूर्ण छ ।

त्यसकारण बीमा आज हुँदासम्म मात्रै हैन नहुँदा पनि बीमाले आफ्नो परिवारलाई हरेक हिसाबबाट साहारा दिने गर्दछ । त्यसकारण बीमा सबैको लागि अपरिहार्य हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

92%

खुसी

0%

दु :खी

0%

अचम्मित

8%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS