IME Life New

अभिकर्ता पेसाबाट मैले नसोचेको खुसी पाएँ, अब छोरालाई पनि यही पेसामा लाग्न प्रेरित गरेको छुः सानुमैया महर्जन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानुमैया महर्जन पेसाले बीमा अभिकर्ता हुन्। उनी हाल सिटिजन लाइफको मैतीदेवी शाखा कार्यालयबाट बीमा गराउँदै आइरहेकी छन्। सानुमैया बीमा क्षेत्रमा आबद्ध भएको छोटो समयमै राम्रो व्यापार गर्न सफल भएकी व्यक्ति हुन्। सानुमैया आफ्नो स्थानीयवासीहरुलाई बीमामा जोड्न हरपल लागि रहन्छिन्। बीमा बुझाउँदै बीमा गराउँदै सानुमैयाको दिनचर्या बित्ने गर्दछ।

२०४४ सालमा दक्षिणकालीको फर्पिङमा जन्मिएकी सानुमैयाको बाल्यकाल सामान्य रुपमा बित्यो। ‘मेरो बाल्यकाल मध्यम नै रह्यो। त्यति धेरै दुःख पनि भएन र त्यति धेरै सुख पनि भएन। बुवा स्कुलमा पियनको काम गर्नुहुन्थ्यो’, उनले भनिन्, ‘आमा मेलापात गर्न जानुहुन्थ्यो। हामी पनि आमासँगै मेलापात, दाउरा, घाँस गर्दै हुर्कियौँ।’

Esewa
Crest

सानैबाट दुःख गर्न पाख्त सानुमैया आज पनि दुःख र संघर्ष गर्दै यो सफलता पाएकी छन्। उनले प्सटुसम्मको अध्ययन पूरा गरेकी छन्। बीमा क्षेत्रमा प्रवेश गर्नुअघि सानुमैया सहकारी संस्थामा आबद्ध थिइन्। आजको दिनसम्म पनि उनी सहकारी संस्थामा म्यानेजरकै रुपमा कार्यरत छिन्। उनले अभिकर्ता पेसालाई पार्टटाइम अर्थात् समय मिलाएर गर्दै आफ्नो पेसालाई पनि निरन्तरता दिँदै आइरहेको बताइन्।

सहकारी संस्थामा काम गर्दै आइरहेकी सानुमैयाको आफ्नो जेठाजु दाइमार्फत सिटिजन लाइफकै नेपाल टप अभिकर्ता सिनियर एजेन्सी म्यानेर टुकबहादुर राणासँग भेट हुने मौका मिल्यो। त्यो भेटमा सानुमैयालाई बीमा अभिकर्ताका बारेमा राणाले कुरा गरे। तर, सानुमैयालाई भने अभिकर्ता पेसामा खासै रुचि थिएन।

त्यसै क्रममा सिटिजन लाइफका सिनियर एजेन्सी म्यानेजर राणाले सानुमैयालाई ‘एकछिन अफिसमा भेटघाट गर्न आउनु’ भनेर हेड अफिसमै बोलाएका थिए। सानुमैया पनि ‘के रहेछ’ भनेर सिटिजन लाइफको अफिसमा गइन् र बीमाका बारेमा बुझिन्। त्यो समयमा तालिम पनि सञ्चालन भइरहेको रहेछ। अनि ‘तालिम लिनुस्, बीमाबारे ज्ञान हुन्छ’ राणाले भनेपछि सानुमौयाले तालिम पनि लिइन्। तालिम लिँदै जाँदा उनलाई अभिकर्ता पेसा राम्रो लाग्न थाल्यो। अनि फेरि अर्को पटक पनि तालिममा सहभागी भइन्। ‘ तालिम लिएपछि मैले बीमाबारे पनि बुझ्ने मौका पाएँ र अभिकर्ता पेसा पनि मन पर्यो। त्यसपछि मैले २०७५ सालमा लाइसेन्स लिएर काम गर्न थालेँ’, उनले भनिन्।

सानुमैया भन्छिन्, ‘मैले अभिकर्ता पेसालाई पूरै समय दिएर गर्न सक्दिनँ। किनकि मेरो जागिर पनि छ। तर, समय मिलाएर मैले यस पेसालाई पनि मेहनत गरेकी हुन्छु। जति मैले गर्न सक्छु, त्यति नै प्रतिफल पाएकी छु। म धेरै खुसी र सन्तुष्ट छु। अझ मलाई के लाग्छ भने मैले आफ्नो जागिरलाई समय दिएर फुर्सदमा अभिकर्ता भएर काम गर्दा त मैले यो राम्रो व्यापार गरेर खुसी र सन्तुष्ट पाएको छु। अझै पूरै समय दिएर गर्न पाए धेरै माथि जान सक्थे जस्तो लाग्छ। जति गरेको छु, यसमा पनि धेरै खुसी छु।’

सानुमैयाले बीमा गराउँदा ठूलो बीमालाई भन्दा पनि जसलाई बीमा अत्यावश्यक छ, उनीहरुलाई पहिचान गरी स–साना बीमा गराउने गरेको बताइन्। ‘म त दक्षिणकालीको फर्पिङमा बस्छु। त्यहाँ भनेको सबै खेती–किसानी गर्ने मानिसहरु धेरै हुनुहुन्छ। त्यही भएर उनीहरुको आम्दानीलाई मध्यनजर गर्दै बीमा पोलिसी बेच्ने गरेकी छु। यसमा मलाई नै आनन्द लाग्छ’, उनले भनिन्, ‘किनकि बीमा गराएपछि उनीहरुको पनि जीवन सुरक्षा हुनुका साथै सेभिङ पनि भएको छ।’

‘म सहकारी पेसामा आबद्ध भएको भएर पनि होला मैले बीमा गर्नका लागि जोड दिनुभन्दा पनि सेभिङ गर्नुस् भन्ने कुरामा जोड दिन्छु’, उनले थपिन्, ‘सेभिङ गर्ने हिसाबले स–साना बीमा गराउन सकियो भने जीवनको सुरक्षा पनि हुन्छ।’

सानुमैयाले बीमा गराएकामध्येबाट एउटा दाबी परेको छ। त्यो दाबी कम्पनीले दिने क्रममा रहेको उनले बताइन्।

अभिकर्ता पेसाबाट आफूले नसोचेको खुसी मिलेको बताउँदै सानुमैयाले आफ्नो छोरालाई पनि यही पेसामा ल्याउने बताएकी छन्। उनले भनिन्, ‘मेरो छोरालाई पनि मैले यही पेसामा लाग्न प्रेरित गरिरहेकी छु। आफू र आफ्नो परिवार पाल्न विदेश जानु नपर्ने अभिकर्ता पेसामा राम्रो भविष्य देखेर मैले छोरालाई यही पेसामा लाग्न भनिरहेकी छु। ४०–५० हजार कमाउनका लागि परिवारबाट छुटेर विदेश धाउनुपर्दैन। गर्न सक्यो भने यही पेसामा मनग्य आम्दानी गर्न सकिन्छ।’

अभिकर्ता पेसामा थोरै लगानी गरेर पनि लाखौँ आम्दानी गर्न सकिने भएकाले पनि आफूलाई यो पेसाले धेरै आकर्षित गरेको सानुमैया बताउँछिन्। उनले भनिन्, ‘आफ्नो आम्दानी सबलमात्रै नभएर बीमितको भविष्यका लागि पनि जोखिम कभर हुने भएकाले मैले पुन्यको पेसाका रुपमा अभिकर्ता पेसालाई लिएकी छु।’

कमिसनका लागि अभिकर्ता बनेर काम गरेकी भन्ने आफ्नाहरुको भीडमा पनि सानुमौयाले अभिकर्ता बनेर सफलता हासिल गरेकी छन्। अभिकर्ता बनेपछि आफूमा धेरै परिवर्तन आएको उनी बताउँछिन्। कसैको कुरा नसुनी मेहनत गर्दै गएकै कारण उनी सफल भएकी छन्।

बीमा अभिकर्तामा धेरै गुण हुनुपर्ने सानुमैयाको तर्क छ। ‘पहिलो कुरा त सत्य बोलेर बीमा बेच्नुपर्छ। साथै, सरल स्वभाव, धैर्यता, नरिसाउने बानीजस्ता गुण अभिकर्तामा हुनुपर्छ’, उनले भनिन्, ‘सहनशीलता, मिलनसार, घुलमिल हुन सक्ने, कम्पनीका बारेमा जानकारी राख्ने, कम्पनीका विभिन्न पोलिसीका बारेमा ज्ञान इत्यादिलगायतका गुण अभिकर्तामा हुनुपर्छ।’

‘बीमाले जोखिम लिन्छ। हो, त्यतिबेला हामीलाई उनीहरुले आशीर्वाद दिन्छन्’, उनी भन्छिन्, ‘त्यसैले बीमा गरेर सही–सत्य गर्ने अभिकर्ता सधैँ सफल हुन्छन्। बीमा गराउने र गर्ने दुवैका लागि राम्रो पनि हुन्छ।’

सिटिजन लाइफले अभिकर्तालाई दिने हरेक लक्ष्य पूरा गर्ने गरेको सानुमैयाको भनाइ छ। उनले सिल्भर, गोल्ड, डाइमन्ड लगायतका धेरै अवार्डहरु पाएकी छन्। ‘कम्पनीको साथ र सपोर्टले गर्दा नै हामी सफल भएका हौँ’, उनले भनिन, ‘सिटिजन लाइफ धेरै राम्रो कम्पनी हो। यस कम्पनीले ग्राहक, कर्मचारी र अभिकर्ताकै हितमा बसेर काम गर्ने गरेको छ। ग्राहक सापेक्ष सेवासुविधा, पोलिसीलाई जोड दिन्छ। अनि यता अभिकर्ता र कर्मचारीलाई पनि क्षमता अभिवृद्धि तालिम दिएर सक्षम बनाएको छ। यसमा हामी धेरै खुसी छौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

90%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

10%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS