IME Life New

फुर्सदको समयमा काम गरेर करोडौँ आम्दानी गर्न सकिने अभिकर्ता पेसाः बिनु जोशी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बिनु जोशी पेसाले बीमा अभिकर्ता हुन्। महिलाले पनि बीमा क्षेत्रमा अब्बल भएर काम गर्न सक्छन् भन्ने गतिलो उदाहरण हुन्, बिनु। लामो समय विभिन्न क्षेत्रमा काम गरेर अनुभव बटुलेकी बिनु बीमा क्षेत्रमा आएको ७ वर्ष भयो। हाल उनी सिटिजन लाइफको मैतिदेवी शाखा कार्यालयमा एजेन्सी म्यानेजर भएर काम गर्दै आइरहेकी छन्। बीमाका फाइदा र लाभका बारेमा जनतालाई कन्भिन्स गराएर बीमा गर्नु र त्यसैबाट आय आर्जन गर्नु अहिले बिनुको पेसा बनेको छ।

बीमा क्षेत्रमा जोडिएपछि बिनुको दिनचर्या बीमामै बित्ने गरेको छ। बिहान–बेलुका घरको काम गरेर बिनुले बीमा शिक्षा र सचेतना दिँदै सबैमा बीमाको पहुँच होस भन्ने हेतुले बीमा बुझाउँदै हिँड्ने गरेकी छन्। ‘बीमा बुझाउनु नै हाम्रो धर्म हो’, उनले थपिन्, ‘बीमाको फाइदा र बीमाले दिने सेवासुविधा बुझाउनु नै हाम्रो धर्म हो। बुझ्ने गराइ पनि हाल्नुहुन्छ। बीमा बुझाउन जाँदा बीमा गराउनै पर्छ भन्ने छैन्, बीमा नबुझेकोलाई बुझाउनु नै ठूलो काम सम्झिने गरेकी छु।’

Esewa
Crest

२०३० सालमा काठमाडौंको न्युरोडमा जन्मिएकी बिनुको कर्मघर भने काठमाडौंको असन हो। अहिले बिनुको बसोबास काठमाडौंको बसुन्धारामा रहेको छ। उनले बीएसम्मको अध्ययन पूरा गरेकी छन्। ‘हाम्रो बाल्यकाल सुखमय नै बित्यो’, बिनुले भनिन, ‘बुवा एसपी हुनुहुन्थ्यो। हामीलाई लेख्ने, पढ्ने, खाने, हिँड्ने राम्रो वातावरण थियो। हामीलाई पढ्नका लागि पनि सहजै वातावरण थियो। हामीले सानोमा कहिले पनि आर्थिक संकट भोग्नुपरेन।’

‘मानिसको जीवन नै सफर हो। सफरमा हरेक कुरा आउँछ, सुख, दुःख, नयाँ–नयाँ काम। यस्तै मेरो जीवनमा पनि कहिले कलर ल्याबमा काम गरेँ, कहिले नर्सरीमा काम गरेँ त कहिले आफ्नै पसल पनि खोलेँ। त्यसपछि विदेश गएर छोटो समयमै नेपाल फर्किएँ। आज बीमा क्षेत्रमा खुसी भएर समाज सेवा गर्न पाएकी छु।’

बिनुका आफ्नै भाइ किशोरमान जोशी पनि सिटिजन लाइफकै सिनियर एजेन्सी म्यानेजर हुन्। आफ्नै भाइमार्फत बिनुले २० लाखको बीमा गरेकी थिइन्। पछि भाइ किशोरले आफ्नी दिदी बिनुलाई घरमा त्यतिकै बस्नुभन्दा अभिकर्ता बनेर काम गर्न आग्रह गरे। अनि बीमाबारे केही पनि नबुझेकी बिनुलाई भाइ किशोरले ‘बीमा भनेको यस्तो हो, बीमाका धेरै फाइदा छन्, अभिकर्ता बनेर काम गर्दा आफूलाई पनि हुने र अरुका लागि पनि समाज सेवा हुने भएकाले अभिकर्ता बनेर काम गर्नुस्’ भन्ने सल्लाह दिए। भाइले भनेको काम राम्रो होला भनेर बिनुले २०७५ सालमा सिटिजन लाइफबाट लाइसेन्स लिएर काम गर्न थालिन्।

बिनुले लाइसेन्स लिइसकेपछि पहिलो बीमा आफ्ना श्रीमानको साथीको गराइन्। उनका श्रीमानका साथीले बीमा गर्न खोजिरहेको अवस्थामा बिनुले पहिलो बीमा सजिलै गराइन्। उनले पहिलो बीमा नै १ करोड रुपैयाँको गराइन्। त्यसपछि त बिनुलाई ‘ए ! काम गर्न सकिने रहेछ’ भन्ने हौसला जाग्यो अनि आफ्ना साथीभाइ, इष्टमित्रलाई प्रस्ताव राख्दै बीमा गराउँदै गइन्। उनले राम्रो व्यापार पनि गर्न सफल भइन्। ‘बीमा क्षेत्रमा मलाई भाग्यले पनि साथ दिएको जस्तो लाग्छ’, बिनुले भनिन्, आज म जहाँ छु, मेरो भाइका साथ, सपोर्ट र प्रेरणाले छु।’

अहिलेको परिवेशमा अभिकर्ता पेसा धेरै राम्रो र लोकप्रिय बनेको बिनु बताउँछिन्। ‘अझ महिलाका लागि त अभिकर्ता पेसा धेरै उत्कृष्ट छ। आफ्नो परिवार, बालबच्चालाई समय दिएर फुर्सदको समयमा गर्न सकिने पेसा हो। आफ्नो समय अनुकुल काम गर्दा पनि राम्रो आम्दानी गर्न सकिने, अरुमा आश्रित हुनु नपर्ने भएकाले महिलाका लागि अति नै उत्तम पेसा हो जस्तो लाग्छ’, उनले भनिन्।

बिनुको विचारमा बीमा सबैका लागि आवश्यक कुरा हो तर धेरै पैसा हुनेहरुका लागिभन्दा पनि थोरै आम्दानी हुनेहरुका लागि धेरै महत्वपूर्ण छ। ‘धौधौ गरेर आफ्नो जीविकोपार्जन गरिरहेकाहरुलाई अप्ठायारो परेको समयमा कोही हुँदैनन्। त्यो कोही नहुने अवस्थामा त बीमाले राहात प्रदान गर्छ’, उनले भनिन्, ‘त्यसैले टन्न पैसा हुनेका लागिभन्दा पनि थोरै आम्दानी भएका सामान्य व्यक्तिका लागि बीमा धेरै आवश्य छ।’

‘बीमा भनेको हतारमा गर्ने र गराउने चिज होइन। बीमा भनेको बुझेर र बुझाएर गराउनुपर्छ। बीमा गराउँदा विभिन्न आशा देखाएर भ्रममा पसनि गराउनुहुँदैन। जे कम्पनीको नीति, नियम र सुविधा छन्, त्यसकै आधारमा बीमा गराउनुपर्छ। अनिमात्रै अभिकर्ता पनि बजारमा टिक्छन् र कम्पनीको विश्वास पनि बढ्छ। अभिकर्ताले बीमा गराउँदा भ्रमको खेती जगाउनुहुँदैन’, बिनु भन्छिन्।

पहिलोको समयभन्दा बीमा बुझाइ अलि फराकिलो भएको बिनुको भनाइ छ। ‘तर, अहिले पनि जति बुझ्नुपर्ने हो, जति बीमाको पहुँच विस्तार हुनुपर्ने हो, त्यति चाहिँ हुन सकेको छैन’, उनले भनिन्, ‘बीमा गराउनुस् भन्दै जाँदा धेरै आफन्त र साथीभाइ नै टाढा बन्ने गरेका छन्। बीमा गराउँदा कमिसनका लागि आएकी भन्नेको पनि कमी छैन। बीमा गराउनु भन्दैमा हामीले ठग्ने, पैसा खाने त होइन नि उनीहरुकै भविष्यका लागि राम्रो होस्, बचत होस् भनेर नै हामीले बीमा गर्नु भनेका हुन्छौ।ँ तर, त्यो बुझदैनन्। हरेक काम गर्दा पारिश्रमिक पाइन्छ। अनि बीमा गराएबापत आउने पैसा चाहिँ कसरी दलाली भयो त ? हो यही नबुझेर पनि धेरै मानिस बीमाको दायराबाट बाहिर बस्नुपरेको छ।’
समयसीमा नहुने र चाहेजति आम्दानी गर्न सकिने पेसा भएकाले यो पेसामा इमान्दार भएर काम गर्नेले सफलता पाउने बिनुकोे धारणा छ। ‘मेहनती, इमान्दार, सहनशीलता, बीमा बुझाउन सक्ने र ग्राहकको कुरा सुन्न सक्ने गुण बीमा अभिकर्तामा हुनुपर्छ’, उनी भन्छिन्।

अभिकर्ता बनेको छोटो समयमै राम्रो काम गरेकी बिनुले कम्पनीले दिने हरेक लक्ष्य हासिल गर्छिन्। उनले गोल्ड क्लब, डाइमन्ड क्लब र सिल्भर क्लबअन्तर्गतका अवार्डहरु प्राप्त गर्न सफल भएकी छन्।

अन्त्यमा बिनुले कम्पनीलाई धन्यवाद व्यक्त गर्दै भनिन्, ‘हामीजस्तो लाखौँ महिलालाई रोजगारी दिएर आर्थिक रुपमा सबल बनाउने सिटिजन लाइफ हाम्रा लागि भगवान हो। हामीलाई कम्पनीले समय–समयमा तालिम दिएर दक्ष बनाएको छ। एकजनासँग बोल्न डराउने मानिसलाई लाखौँको भीडमा बोल्न सक्ने बनाउने नै सिटिजन लाइफ हो। यसका लागि म धेरै आभारी छु।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS