IME Life New

जीवन बीमकले किन प्रताडित बनाउँदैछन् प्रवासी मजदुरको परिवारजनलाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। वैदेशिक रोजगारीमा ज्यान गुमाएका वा अंगभंग भएका प्रवासी कामदारको परिवारजन जीवन बीमा कम्पनीबाट समेत प्रताडित हुनु परेको छ।

वैदेशिक रोजगारी बीमालेख बिक्री गर्ने जीवन बीमा कम्पनीको शाखा कार्यालयहरूले वैदेशिक रोजगारी बीमावापतको दाबी भुक्तानी गर्दा अनुचित शर्त तेर्स्याएर पीडित परिवारमाथि झन् पीडा थप्ने गरेको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बीमा प्राधिकरण समक्ष लिखितरुपमा आपत्ति समेत जनाएपछि प्राधिकरणले बीमा कम्पनीलाई कारवाहीको चेतावनी समेत दिएको छ।

Esewa
Crest

जीवन बीमा कम्पनीका प्रबन्धक तथा अन्य कर्मचारीले‌ पुन: जीवन बीमा नगर्दासम्म वैदेशिक रोजगारी बीमावापतको दाबी भुक्तानी दिन नमिल्ने भन्दै पीडित परिवारजनलाई झुठो जानकारी दिने वा करकापमा पारेर भएपनि जीवन बीमा गर्न बाध्य पार्ने गरेको भन्दै मन्त्रालयले गत कात्तिक २७ गते लिखितरुपमा नै प्राधिकरण समक्ष आपत्ति जनाएको हो।

मन्त्रालय अन्तर्गतको नीति, योजना,अनुगमन तथा मूल्यांकन शाखाले बीमा प्राधिकरणलाई पत्रमार्फत् यस्तो गलत कार्य तत्काल रोक लगाउनको लागि सबै जीवन बीमा कम्पनीलाई निर्देशन दिन अनुरोध समेत गरेको थियो।

केही जीवन बीमा कम्पनीले गरिरहेको बदमाशीबारे बीमा प्राधिकरणमा जीवन बीमा कम्पनी, प्राधिकरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि बीच यसअघि नै छलफल भए पनि बीमा कम्पनीका कर्मचारीको बदमाशी बन्द नभएको गुनासो आइरहेको मन्त्रालयले जारी गरेको पत्रमा उल्लेख छ।

यस विषयमा जीवन बीमक संघले जीवन बीमा व्यवसायको विश्वास र कम्पनीहरुको साख जोगाउनको लागि तत्काल आवश्यक पहल गर्न जरुरी छ। बीमितको हकवाला परिवारजनले अवरोध रहित अवस्थामा भुक्तानी प्राप्त गर्न सक्ने प्रणालीको विकास रगलत कृयाकलापमा संलग्न कर्मचारी विरुद्ध कारवाहीको उपायबाट मात्र यो विकृतिमा अंकुश लगाउन संभव हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS