IME Life New

जापान एयरलाइन्समा साइबर हमला, टिकट बिक्री रोकियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जापान एयरलाइन्स बिहीबार बिहान साइबर आक्रमणमा परेको छ। जसका कारण ठूलो संख्यामा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित हुन सक्ने देखिएको छ। टिकट बिक्री रोकिएको छ।

यो साइबर हमला बिहीबार बिहान करिब ७.४५ बजे भएको थियो। यसले एयरलाइन्सको आन्तरिक र बाह्य प्रणालीलाई असर गरेको छ।

Esewa
Crest

एयरलाइन्सका प्रवक्ताले साइबर आक्रमण भएको पुष्टि गरेका छन्। तर, उडान ढिलाइ वा रद्द गर्नेबारे अहिले कुनै निर्णय नभइसकेको उनले बताए।

जापान टुडेको रिपोर्टअनुसार जापान एयरलाइन्सका नौवटा आन्तरिक उडान साइबर आक्रमणका कारण ढिला भएको थियो। एयरलाइन्सले एक विज्ञप्तिमा भनेको छ, ‘हामीले साइबर आक्रमण पत्ता लगाएका छौँ। हामी प्रणालीको रिकभरी स्थिति जाँच गर्दैछौँ। हाललाई आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री रोकिएको छ। यसबाट पर्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौँ।’

यसैबीच साइबर आक्रमणका कारण एयरलाइन्सले टिकट बिक्री रोकेको बताइएको छ। यो एयरलाइन्स जापानको दोस्रो ठूलो एयरलाइन कम्पनी हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS