IME Life New

जापानमा हजारौँ बीमितको डाटा लिक, कुन-कुन कम्पनी प्रभावित ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जापानमा हजारौँ बीमितको डाटा लिक भएको घटना सार्वजनिक भएको छ।

जापानी इन्स्योरेन्स कम्पनी टोकियो मरिन होल्डिङ्सले बीमितहरुको डाटा लिक भएको जानकारी गराएपछि यो घटना बाहिर आएको हो। कम्पनीका करिब ६३ हजार २०० बीमितको पव्यक्तिगत जानकारी चुहावट भएको छ।

Esewa
Crest

स्थानीय जिजी प्रेसका अनुसार आउटसोर्स अकाउन्टिङ फर्म रेन्समवेयर आक्रमणको सिकार भएको थियो। त्यसपछि बीमितको डाटा लिक भएको पत्ता लागेको थियो।

डाटा लिकको घटनाबाट टोकियो मरिन एन्ड निचिडो फायर इन्स्योरेन्स कम्पनी, टोकियो मरिन एन्ड निचिडो लाइफ इन्स्योरेन्स कम्पनीं र ई. डिजाइन इन्स्योरेन्स कम्पनी प्रभावित भएका छन्। यी कम्पनीका बीमितको नाम, ठेगाना र बीमा पोलिसी नम्बर लिक भएका छन्। तर, ती डाटाको दुरुपयोग भएको छ वा छैन भन्नेबारे यकिन पुष्टि भइनसकेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS