IME Life New

जापानको शेयर बजार कीर्तिमानी उचाइ नजिक, पुग्यो ३४ वर्षयताकै उच्च स्तरमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जापानको शेयर बजार ३४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ। योसँगै जापानको नेक्के इन्डेक्स कीर्तिमानी उचाइ नजिक पुगेको छ।

निक्के मंगलबार २.८९ प्रतिशतले बढेर ३७९६३.९७ को विन्दुमा बन्द भएको छ। जुन १९९० यताकै उच्च हो। मंगलबार इन्ट्राडे कारोबारमा भने निक्के ३८००० को स्तरसम्म पुगेको थियो।

Esewa
Crest

सन् १९८९ मा जापानको शेयर बजारले हालसम्मै उच्च विन्दु चुमेको थियो। त्यतिबेला निक्के ३८९१५ को विन्दुमा बन्द भएको थियो।

मंगलबार बजार बढ्दा टोकियो इलेक्ट्रोनको शेयरभाउ सबैभन्दा बढी १३.३३ प्रतिशतले उकालो लागेको छ। सफ्टबैंक ग्रुप कर्पको शेयरभाउ पनि ६.२७ प्रतिशतले बढेको छ। निक्के २२५ इन्डेक्समा कारोबार भएका १९६ कम्पनीको शेयरभाउ बढ्दा २६ वटाको घटेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS