IME Life New

जलवायू परिवर्तनको असर न्यून गर्न आक्रामकरूपमा वैकल्पिक उर्जामा लगानी गर्दै चीन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हालै प्रकाशित एक अनुसन्धान प्रतिवेदनका अनुसार अन्य मुलुकको तुलनामा वायू र साैर्य उर्जा उत्पादनमा एशियाली मुलुक चीनले तीब्र गतिमा क्षमता बिस्तार गरिरहेको छ।

चीनमा हाल कूल ३३९ गिगावाट (जीडब्ल्यू) क्षमताको उर्जा परियोजनाहरू निर्माणाधीन छ। यीमध्ये १५९ गिगावाटको वायू र १८० गिगावाटको सौर्य ऊर्जा परियोजना रहेको छ। अमेरिकी गैरसरकारी संस्था ग्लोबल इनर्जी मनिटरको अनुसन्धान प्रतिवेदनका अनुसार चीनमा निर्माणाधीन वैकल्पिक उर्जा परियोजनाहरू “बाँकी विश्वको तुलनामा झण्डै दोब्बर” रहेको छ।

Esewa
Crest

प्रतिवेदनका अनुसार साैर्य र वायू उर्जा उत्पादन परियोजनामा दोश्रो स्थानमा रहेको राष्ट्र संयुक्त राज्य अमेरिकामा जम्मा ४० गिगावाट क्षमताको मात्र यस्तो परियोजना निर्माणाधिन छ।

विश्वको दोश्रो ठूलो अर्थतन्त्रका रूपमा रहेको चीन जलवायू परिवर्तनको मुख्य कारक मानिने हरित ग्याँस उत्सर्जनमा सबैभन्दा ठूलो श्रोत हो । जलवायू परिवर्तनमा चीनियाँ औद्योगिकीकरणको नकारात्मक प्रभाव नियन्त्रणका लागि चीनले सन् २०३० सम्ममा कार्बन उत्सर्जनलाई आधा र सन् २०६० सम्ममा शून्यमा पुर्याउने प्रतिबद्धता जनाएको छ ।

यसले चीनले हालसम्म घोषणा गरेको नयाँ वायू र सौर्य क्षमताका परियोजनाहरूमध्ये एक तिहाइमा काम शुरू गरि सकेको छ। जबकी विश्वव्यापीरूपमा घोषित यस्ता परियोजनाहरूको निर्माण प्रारम्भ प्रगती जम्मा मात्र सात प्रतिशत मात्र छ।

बेइजिङको विशाल नवीकरणीय ऊर्जा निर्माण परियोजनाका पछाडी केही कमजोरीहरू छन्। राष्ट्रिय प्रशारण लाइनले बिजुली उच्च माग भएका बेला अापूर्ती व्यवस्था मिलाउन भारी मात्रामा कोइलामा आधारित तापीय उर्जा परियोजनाहरूमा निर्भर रहन्छ।

चीन अहिले दुर्गम उत्तरपश्चिमी क्षेत्रहरूमा उत्पन्न नवीकरणीय ऊर्जालाइ पूर्वमा आर्थिक र जनसंख्या केन्द्रहरूमा पुर्याउन प्रयासरत छ। प्रतिवेदनका अनुसार चीनको वायू र सौर्य उर्जा उत्पादन क्षमताले यस वर्ष कोइलालाई उछिनेको छ। यो प्रगतीले बेइजिङको कार्बन उत्सर्जन अपेक्षित भन्दा चाँडो शिखरमा पुग्ने आशा बढाएको छ।

बिहीबार जारी गरिएको बेग्लै प्रतिवेदनमा, सेन्टर फर रिसर्च अन एनर्जी एन्ड क्लीन एयर (सीआरईए) ले चीनले २०२४ को पहिलो अर्ध वार्षिक अवधिमा कोइलामा आधारित स्टिल निर्माण परियोजनाका लागि कुनै नयाँ अनुमति नदिएको तथ्य पत्ता लगाएको छ।

सेप्टेम्बर २०२० मा चीनले आफ्नो “दोहोरो कार्बन लक्ष्यहरू” घोषणा गरेपछि पहिलो पटक अर्ध-वार्षिक आधारमा कुनै नयाँ अनुमतिहरू नभएको उल्लेख गर्दै सीआरईएले भनेको छ-यो एउटा संभावित कोशे ढुङ्गा साबित हुनेछ।

“चीनको स्टिलको माग बढ्दै गएपछि र थप स्क्र्याप उपलब्ध हुन थालेपछि, कोइलामा आधारित उत्पादनबाट टाढिने ठूलो सम्भावना छ, जसले आगामी १० वर्षमा उत्सर्जन घटाउने महत्वपूर्ण अवसरको प्रतिनिधित्व गर्छ,”सीआरईएले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS