IME Life New

जर्मनीले ल्यायो लचिलो नियम, अब विदेशी विद्यार्थीले हप्तामा २० घन्टा काम गर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जर्मनीमा अध्ययनरत विदेशी विद्यार्थीले अब हप्तामा २० घन्टा काम गर्न पाउने भएका छन्।

जर्मनीले मार्च १ बाट लागू गरेको ‘स्किल्ड इमिग्रेसन एक्ट’मा विदेशी विद्यार्थी काम गर्न पाउने समयसीमा बढाइएको हो। नयाँ नियमअन्तर्गत अब जर्मनीमा विदेशी विद्यार्थी हप्तामा २० घन्टा काम गर्न पाउनेछन्। यसअघि विदेशी विदार्थी हप्तामा १० घन्टामात्रै काम गर्न पाउँथे।

Esewa
Crest

यो नयाँ नियमले जर्मनीमा विदेशी कामदार विशेषगरी दक्ष कामदारहरुको संख्या बढाउने लक्ष्य राखेको छ। अर्को विशेष कुरा के हो भने यो नयाँ नियम अब जर्मनीमा प्रवेश गर्ने तर जर्मन विश्वविद्यालयमा भर्ना नभएकाहरुमा पनि लागू हुनेछ।

नयाँ नियमले विदेशी विद्यार्थीका लागि धेरै लचिलो रहेको र यसले जीवनयापन गर्न सजिलो बनाउने स्थानीय अधिकारीहरुको भनाइ छ। ‘यसले जर्मनीमा अध्ययन वा व्यावसायिक तालिम सुरु गर्न र स्नातक गरेपछि यहाँ दक्ष कामदारका रुपमा रहन अझ सहज बनाउने उनीहरुको तर्क छ।

जर्मनीमा वर्ष २०२२/२३ मा हालसम्मै सर्वाधिक विदेशी विद्यार्थी रहेको तथ्यांक सार्वजनिक भएको छ। यो वर्ष विदेशी विद्यार्थी संख्या ३ लाख ६७ हजार ५७८ पुगेको थियो। जुन अघिल्लो वर्ष २०२१/२२ को तुलनामा ५ प्रतिशत बढी हो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS