IME Life New

जर्जियामा गाडी बीमा दर उच्च, आम्दानीको ३.५% खर्च गर्नुपर्ने अवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जर्जियामा गाडी बीमा दर आकासिएको छ। अहिले त्यहाँका चालकहरुले आफ्नो आम्दानीको ३.५ प्रतिशतसम्म गाडी बीमामा खर्च गर्नुपर्ने अवस्था छ। यो अवस्था सन् २०२३ देखि आएको हो।

बैंकरेट डट कममा प्रकाशित समाचारअनुसार ब्रुक्स बडी सप (गाडी मर्मत कारखाना)का मालिक चाद ब्रुक्सले अहिले कम्पनी सञ्चालनको हरेक पक्षमा उच्च लागतको अनुभव भइरहेको बताए। ‘हामी महँगी जताततै देख्छौँ, मेरो मतलब श्रम, सामग्री लागत, पाट्र्स लागत र भाडा लागतमा पनि’, उनले भने, ‘हामीले गत वर्षजस्तै लिक्विड पेन्टको लागतमा मात्र २६ प्रतिशत वृद्धि देखेका छौँ।’

Esewa
Crest

‘जब उत्पादनको मूल्य बढ्दै जान्छ तब सामान्य लाग्ने क्षतिग्रस्त गाडीका बम्परहरु मर्मतका लागि प्रक्रिया पहिलेभन्दा बढी जटिल हुन्छ’, उनले भने।

अहिले जर्जियाभरि बीमा दरहरु २६ प्रतिशत बढीले बढेका छन्। ‘कोभिड–१९ महामारीपछिका वर्षहरुमा यो वृद्धि प्रत्यक्ष रुपमा महँगीसँग जोडिएको नहुन सक्छ’, वाल्डोस्टा स्टेट युनिभर्सिटीका अर्थशास्त्री एलिस हेथ भन्छन्, ‘यो वृद्धि गाडी मर्मत कारखानाहरुले देखिरहेको बढ्दो लागतलाई कायम राख्न बजार समायोजन गरिएको हुन सक्छ।’

गाडीमात्रै होइन हाल जर्जियामा मानिसको औसत वार्षिक बीमा प्रिमियम ६७ डलर पुगेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS