IME Life New

जब रतन टाटासँग मागियो १५ करोड घुस, के थियो उद्योगपतिको जबाफ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतका चर्चित उद्योगपति रतन टाटा अब यो संसारमा छैनन्। अक्टोबर ९ मा उनको निधन भएको थियो। उनी सादा जीवन बिताउँथे।

रतन टाटाले स्वास्थ्य, शिक्षा, ग्रामीण विकास र समाज कल्याणमा ९ हजार करोड रुपैयाँभन्दा बढी दान दिए। यो पैसा भारतका धेरै उद्योगपतिको कुल सम्पत्तिबराबर हो। आजकल सामाजिक सञ्जालमा रतन टाटाको पुरानो अन्तर्वार्ता धेरै शेयर भइरहेको छ। यसमा उनले एक उद्योगीले व्यापार सम्झौताका लागि मन्त्रीलाई १५ करोड रुपैयाँ दिने सल्लाह दिएको बताएका छन्। त्यसपछि के भयो ? के थियो पूरा मामिला ?

Esewa
Crest

सन् २०१० मा एनडीटीभीलाई दिएको अन्तर्वार्तामा रतन टाटाले एक उद्योगपतिले उनलाई एक मन्त्रीलाई १५ करोड रुपैयाँ दिने सल्लाह दिएका थिए। यसले उनीहरुको व्यापार सम्झौतालाई अन्तिम रुप दिन सहयोग पुग्ने भनिएको थियो। तर, रतन टाटाले उद्योगी र मन्त्रीको नाम भने भनेनन्।

अन्तर्वार्तामा रतन टाटा भनेका थिए, ‘ती उद्योगपतिले मन्त्रीलाई पैसा किन नदिने ? भने। मन्त्रीले १५ करोड रुपैयाँ मागेका छन्। तपाइँ एक एयरलाइन्स चाहनुहुन्छ होइन ? एयरलाइन्स चाहिन्छ भने १५ करोड रुपैयाँ दिनुहोस्, यसमा तपाइँ के जान्छ र ?’

यो भाइरल अन्तर्वार्तामा रतन टाटालाई भ्रष्टाचार रोक्नका बारेमा सोधिएको थियो। उनले भ्रष्टाचार रोक्न पहिला आफैँ इमान्दार हुनुपर्ने बताएका थिए।

रतन टाटाले जीवनमा नैतिक मूल्यलाई सधैँ सर्वोपरी राखे। उनको सादा जीवन र इमान्दारिताका उदाहरण आज पनि मानिसहरुले दिन्छन्। यो घटनाले उनी कति सिद्धान्तवादी थिए भनेर देखाउँछ। उनले कहिल्यै गल्ती गरेनन्। उनका लागि देश र समाजको कल्याण सबैभन्दा महत्वपूर्ण थियो। उनी सधैँ जतिसुकै कठिनाई आए पनि सही ढंगले काम गर्नुपर्छ भन्थे।

रतन टाटाको यस महिनाको सुरुमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको थियो। उनी ८६ वर्षका थिए। रतन टाटा एक प्रसिद्ध भारतीय उद्योगपति थिए। उनले टाटा समूहलाई नयाँ उचाइमा पुर्याए। उनको नेतृत्वमा टाटा समूहले भारत र विश्वभर धेरै क्षेत्रमा आफ्नो छाप छोडेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS