IME Life New

जनउत्थान सामुदायिक लघुवित्तद्धारा वृक्षा रोपण कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका अन्तर्गतका विभिन्न स्थानहरुमा वृक्षा रोपण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले संस्थाका अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षतामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाल्पाको रिब्दीकोट गाउँपालिका–३ खस्यौलीस्थित सिलाङ्गथोक, विश्वकर्मा बाबाको मन्दिर, भैरबस्थान मन्दिरको परिसर र तानसेन नगरपालिका–५ ढुंगाखानीको लाँकुरी चौपारी वरिपरि बिरुवा रोपिएको जनाएको छ ।

संस्थाको अनुसार १० भन्दा बढी विशेष प्रजातीको सिलाङ्गेका बिरुवा रोपिएको र अन्य धुपी, अशोका, कपुर, कटहर लगायतका विभिन्न प्रजातिका बिरुवाहरु समेत रोपिएको जनाएको छ ।

Esewa
Crest

कार्यक्रमको शुभारम्भ गर्दै रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले वित्तीय संस्थाले बिरुवा रोपेर हरियाली वातावरण बनाउने काम गरेको भन्दै प्रशंसा समेत गरे । वातावरण स्वच्छ र हरियाली बनाउने अभियानमा स्थानीय सरकार सहकार्य गर्न सदैव तयार रहेको उनले बताए ।

संस्थाका संस्थापक, परिकल्पनाकार तथा नेपाल सरकारका पूर्व सचिव डा. मान बहादुर विश्वकर्माले हरित प्रर्वधन अभियानमा संस्थाले प्रारम्भ गरेको वृक्षा रोपण कार्य प्रशंसनीय रहेको र रोपिएका बिरुवाहरुको जगेर्ना गर्न सुझाव दिए ।

त्यस्तै, आफूले देशका सबै जिल्लामा सोध खोज गर्दा बैतडी र डडेल्धुरामा सिलाङ्गेका बिरुवा पाएको बताए । लोपोन्मुख सिलाङ्गेका बिरुवा हुर्काउने काममा सहयोग गर्न संस्थामा आवद्ध समुह सदस्यहरुलाई उनले आग्रह समेत गरे ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोखरेलले संचालन गरेको कार्यक्रममा वित्तीय संस्थाका सञ्चालक तथा पूर्व अध्यक्ष रेवन्तबहादुर विश्वकर्माले स्वागत गरेका थिए भने उक्त कार्यक्रममा संचालक समितिका सदस्य नरेन्द्र कँडेलले उपस्थित सवैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
हाल पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका तराईका ११ वटा जिल्लाहरु र सोही जिल्लाहरु सँग जोडिएका पहाडका ८ वटा जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालयहरु मार्फत करिव ४५,५०० समुह सदस्यहरुलाई संस्थामा आवद्ध गरी वित्तीय सेवा पु¥याईरहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS