IME Life New

छ खर्ब तीन अर्ब ३९ करोड निक्षेपको बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तिय संथाहरुले गत आर्थिक वर्षको असार मसान्तसम्ममा कूल छ खर्ब तीन अर्ब ३९ करोड रुपैयाँ निक्षेपको बीमा गरेको छ । केन्द्रीय बैंकले बुधबार सार्वजनिक गरेको तथ्याङ्कमा बाणिज्य बैंक, विकास बैंक तथा फाईनान्स कम्पनीले आफ्ना ग्राहकले तीन लाख रुपैयाँसम्मको बचत तथा मुद्दति निक्षेप बीमा गर्नुपर्ने प्रावधान अनुरुप सो रकम बराबरको बीमा गरिएको उल्लेख छ ।

राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तिय संस्थामा खाता खोलेका दुई करोड २२ लाख खाता जनाको निक्षेप बीमा गरिएको जनाएको छ । एउटै व्यक्तिको फरक फरक बैंकमा धेरै वटा खाता हुने, एउटै बैंकमा चल्ती र बचत खाताहरु हुने हुँदा कूल खाताको संख्या दुई करोड नाघेको देखिएको हो ।

Esewa
Crest

निक्षेप तथा कर्जा सुरक्षण निगममा सो रकम बरबरको निक्षेप बीमा गरिएको केन्द्रीय बैंकले जनाएको छ । निक्षेप बीमा भन्नाले कुनै कारणवश बैंक टाट उल्टिई सर्वसधारणको रकम भुक्तानी गर्न असमर्थ भएको अवस्थामा निक्षेप तथा कर्जा सुरक्षण निगमले जोखिम बहन गरी भुक्तानी गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS