IME Life New

छोरीको जन्मदिनमा दिलमायाले दिइन् १० लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समयमा जन्मदिन जस्ता अवसरमा आफना सन्तान वा प्रियजनहरुलाई बीमा पोलिसी उपहार दिने चलनले प्राथमिकता पाँउदै आएको देखिन्छ। आफ्ना सन्तान र प्रियजनहरुको भविष्य सुनिश्चित होस् भन्ने अभिःप्रायले नेपालमा जन्मोत्स,वैवाहिक वर्षगाँठ जस्ता विशेष अवसरहरुमा बीमा पोलिसी उपहार स्वरुप प्रदान गर्ने शुभकार्यमा वृद्धि भईरहेको छ ।

त्यस्तै अभिप्रायकका साथ काभ्रेपलान्चोक रोशी गापा– ७ हाल काठमाडौंको नयाँपाटी बस्ने दिलमाया तामाङ्गले छोरीको जन्मदिनको अवसर पारेर बीमा पोलिसी उपहार दिएकी छिन् । दिलमायाले छोरी सोना तामाङलाई १० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएर जन्मदिनलाई विशेष पारेकी हुन् ।

Esewa
Crest

दिलमायाले छोरी सोनाकी लागि एशियन लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यलय चावाहिलबाट १० लाख रुपैयाँको बाल भविष्य पल्स बिमा योजना खरिद गरेकी हुन् ।

अभिकर्ता अस्मिता तामाङले जन्म दिनलाई विशेष बनाउनुको साथै बच्चाको उच्च शिक्षा खर्च व्यवस्थापनको लागि जन्म दिनमा बीमा पोलिसी उपहार दिदाँ अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने शिक्षा तथा स्वास्थको ग्यारेन्टी हुने बताएकी छिन् ।

एउटै बिमालेखबाट अभिभावक र बच्चा दुवैको जोखिम बहन हुने साथै यस बीमा उच्च शिक्षामा महत्वपुर्ण भुमिका खेल्ने सेनियर बीमा एडभाईजर पुष्पा अधिकारीले बताईन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS