IME Life New

छिमेक लघुवित्तको १७.३३% ले बढ्यो नाफा, वितरणयोग्य मुनाफा डेढ अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमासम्मको अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ५१ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ४३ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष संस्थाको नाफामा १७.३३ प्रतिशतको बढोत्तरी भएको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा १७.५७ प्रतिशतले बढेर ७२ करोड १७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा ६१ करोड ३८ लाख रुपैयाँमा सीमित थियो।

दोस्रो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी १ अर्ब ३५ करोड ८७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म खुद ब्याज आम्दानी १ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा १.८८ प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा १ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रहेको छ। दोस्रो त्रैमाससम्म संस्थाले ४९.७२ प्रतिशत लाभांश वितरण क्षमता बनाएको छ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर २.७२ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष एनपीएल २.९५ प्रतिशत थियो।

चुक्तापुँजी ३ अर्ब २१ करोड रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङमा १ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ र रिजर्भमा २ अर्ब ७८ करोड ११ लाख रुपैयाँ छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा १ अर्ब ६४ करोड २८ लाख रुपैयाँ र रिजर्भमा २ अर्ब ६८ करोड ३० लाख रुपैयाँ थियो।

समीक्षा वर्षसम्म संस्थाले ३६ अर्ब ३४ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरी ३७ अर्ब ८२ करोड १२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षमा संस्थाले ३३ अर्ब ७२ करोड ७३ लाख रुपैयाँ सापटी लिएर ३५ अर्ब ३३ करोड ९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ३१.८४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २९.३० रुपैयाँ थियो। पीई रेसियो २६.६७ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ २३७.४९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS