IME Life New

छत्रकोट र गुल्मी दरवार गाउँपालिकामा समिति, ‘बीमाको पहुँच ६० प्रतिशत पुर्याउने स्थानिय तहको प्रतिवद्धता ‘

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले गुल्मी जिल्लाको गुल्मी दरवार गाउँपालिका र छत्रकोट गाउँपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । समितिले कार्तिक २८ गते गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिकामा ‘स्थानीय तहसँग बीमा समिति’ विषयक अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको हो ।

Esewa
Crest

गुल्मी दरबार गाउँपालिकाका का.वा. अध्यक्ष मिना भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समितिका उप निर्देशक लक्ष्मी ढकालको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा बीमा समितिका उप निर्देशक निशा घिमिरेले बीमा सम्बन्धी प्रस्तुतीकरण दिएकी थिइन । समितिका सहायक निर्देशक शम्भु प्रसाद मिश्रले कार्यक्रमको सञ्चालन गर्नु गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे लगायत सातै वडाका वडा अध्यक्ष तथा सदस्यहरु, स्थानिय, कृषक समुहका प्रतिनिधि, बिद्यालयहरुका प्रधानाध्यापक, शिक्षक, पत्रकार, बीमा अभिकर्ता तथा बीमकका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बीमा सम्बन्धी ज्ञानको कमि, कोरोना तथा अन्य बीमा दावी भुक्तानी समयमा गरिनुपर्ने आवाज उठेको थियो । त्यस्तै बाली तथा पशुपंक्षी बीमामा सहज रुपमा सेवा प्रदान गर्न नीति निर्माण हुनुपर्ने कुराहरु उठेका थिए । कार्यक्रममा ११५ जनाको सहभागिता रहेको थियो ।

समितिले कार्तिक २९ गते छत्रकोट गाउँपालिकाको चोगयमा पनि बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समितिका उप निर्देशक लक्ष्मी ढकालको सभापतित्वमा सम्पन्न भएको छ । यस कार्यक्रममा पनि बीमा समितिका उप निर्देशक निशा घिमिरेले बीमा सम्बन्धी प्रस्तुतिकरण दिएकी थिइन । सहायक निर्देशक शम्भु प्रसाद मिश्रले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष नर्मदा भण्डारी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण पन्थी लगायत ६ वटै वडाका वडा अध्यक्ष तथा सदस्यहरु, स्थानिय, कृषक समुहका प्रतिनिधि, बिद्यालयहरुका प्रधानाध्यापक, शिक्षक, पत्रकार, महिला स्वयं सेवक, बीमा अभिकर्ता, बीमकका शाखा प्रमुख सहित १४५ जनाको सहभागित रहेको थियो ।

उक्त कार्यक्रममा बाझो जमिनमा व्यवसायिक कृषि तथा पशुपालन गर्ने गरी करिब २० वटा सहकारी संस्थाहरु मिलेर बनेको छत्रकोट कृषि तथा पशु बिशिष्टिकृत सहकारी संघले कृषि तथा पशुपंक्षी बीमालाई संस्थागत रुपमा अघि बढाएको जानकारी दिएका थिए ।

गाउँपालिकाका अध्यक्ष पन्तले बीमा समिति गाउँ गाउँमा आएर बीमा सम्बन्धी जनचेतना अभिबृद्धि कार्यक्रम संचालन गरेकोमा धन्यवाद व्यक्त गर्दै आफ्नो गाउँपालिकामा आगामी एक बर्षमा बीमाको पहुँच ६० प्रतिशत पुर्याउने घोषणा समेत गरेका छन् । उनले एक बर्ष पछि पुनः समीक्षाको लागि बीमा समितिलाई आउन अनुरोध समेत गरे । राज्यबाट सामाजिक सुरक्षामा गर्दै आएको आर्थिक भारलाई बीमाको माध्यमबाट क्रमशः कम गर्दै जनता सरकार प्रतिको परनिर्भरता हटाई बीमाको माध्यमबाट आत्मनिर्भर बनाउनुपर्ने कुरा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS