IME Life New

चौथो संस्करणका कतारी रियाल बैशाख २७ गतेभित्र मात्रै सटही हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले कतारको केन्द्रीय बैंकले निष्काशन गरेका हाल चलनचल्तीमा रहेका चौथो संस्करणका कतारी रियाल बैंक नोटहरु आगामी बैशाख २७ गते भित्र सटही गर्न निर्देशन दिएको छ । उक्त बैंक नोटहरु सन् २०२१ जुलाई एक पछि चलनचल्तीबाट हटाउने निर्णय भएकाले राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने नेपाल राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयहरु, विदेशी विनिमय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था वा परिवर्त्य विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र प्राप्त मनिचेञ्जरहरुबाट सटही गर्न/गराउन विदेशी विनिमय व्यवस्थापन विभागले निर्देशन दिएको हो ।

बैशाख २७ गते पछि त्यस्ता बैंक नोटहरु सटही गर्न नेपाल राष्ट्र, बैंक तथा वित्तीय संस्थाहरु, मनिचेञ्जरहरु बाध्य नहुने भन्दै राष्ट्र बैंकले सबैको लागि सूचना जारी गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS