IME Life New

चैत्र मसान्तसम्म ऋणीसँग साँवा–ब्याज नमाग्नु, तरलताको व्यवस्थापन राष्ट्र बैंकले मिलाउनु, अर्थ मन्त्रालयले गर्यो यस्तो निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना भाइरसको कारण अर्थतन्त्रमा गम्भिर असर परेपछि आज अर्थमन्त्रालय महत्वपूर्ण निर्णयहरु गरेको छ । अर्थमन्त्री डा. युवराव खतिवडा आफै उपस्थित रहेको उच्च स्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई कोरोना भाइरसको कारण उत्पन्न विषम परिस्थितिमा ऋणीसँग सावाँ तथा ब्याजको किस्ता माग्ने कार्य चैत्र मसान्तसम्म स्थगन गर्ने निर्णय गरेको छ । यस्तो निर्णयसँगै चैत्र मसान्तको क्लोजिङको तनामा लकडाउनमा बसिरहेका उद्योगी व्यापारीहरुलाई ठूलो राहत मिलेको छ ।

त्यस्तै अर्थमन्त्रालयले प्रोजिभन गर्ने कार्य समेत हाललाई स्थगित गर्न भनेका छ । अर्थमन्त्रालयले कोरोना भाइरसको कारण उत्पन्न विषम परिस्थितिमा बैंक तथा वित्तीय संस्थाहरुमा तरलता व्यवस्थापनको जिम्मेवारी राष्ट्र बैंकलाई दिएको छ । राष्ट्र बैंकले तरलता रेसियो व्यवस्थापनको लागि पुनकर्जा कोषको उपयोग गर्न समेत अनुमति दिने निर्णय आजको बैठकले गरेको छ ।

Esewa
Crest

त्यस्तै, साना तथा मझौला प्रकृतिका उत्पादक तथा सेवा उद्योगलाई सहुलियतपूर्ण ऋण दिने सम्बन्धमा समेत अर्थमन्त्रालयले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

महामारीविरुद्धमा लड्न औषधी तथा अन्य स्वास्थ्य सम्बन्धी अत्यावश्यक बस्तु खरिदका लागि टिटिको सीमा निलम्वन गर्ने निर्णय समेत गरेको छ । विदेशबाट स्वास्थ्य सम्बन्धी सागम्री, मेडिकल उपकरण खरिदमा सहज बनाउन यस्तो निर्णय गरिएको हो ।

त्यस्तै बैठकले बैंकका काउन्टरबाट प्रदान गरिने नोटहरु जिवाणु रहित हुने गरी न्युट्रलाईज गरेर मात्रै वितरण गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS