IME Life New

चुनावी नतिजाले गौतम अडानीको सम्पत्तिमा सुनामी, गुमाए एसियाकै धनीव्यक्तिको ताज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको लोकसभा निर्वाचनको परिणामले गौतम अडानीको सम्पत्तिमा सुनामी गएको छ। योसँगै केही दिनअघि मात्रै पाएका एसियाकै धनीव्यक्तिको ताज अडानीले गुमाएका छन्।

निर्वाचनको अनपेक्षित परिणाम आउन थालेपछि मंगलबार भारतीय शेयर बजारमा ४ वर्षयता ठूलो पहिरो खसेको थियो। योसँगै गौतम ग्रुपका कम्पनीहरुको शेयरभाउमा भारी गिरावट आउँदा गौतम अडानीको सम्पत्ति एकैदिन २४.९ अर्बले घटेको हो।

Esewa
Crest

यो गिरावटसँगै गौतम अडानीको कुल सम्पत्ति ९७.५ अर्ब डलरमा झरेको छ। उनले एसियाकै धनीव्यक्तिको ताज त गुमाएका छन् नै विश्वका शीर्ष अर्बपतिको सूचीमा १५ औँ स्थानमा झरेको छ। यसअघि उनी विश्वका शीर्ष अर्बपतिको सूचीमा ११ औँ स्थानमा थिए।

गौतम अडानीको सम्पत्तिमा आएको ठूलो गिरावटको फाइदा मुकेश अम्बानीलाई भएको छ। उनी १०६ अर्ब डलरको कुल सम्पत्तिका साथ एसियाकै धनीव्यक्ति बनेका छन् भने विश्वको अर्बपतिको सूचीमा ११ औँ स्थानमा आएका छन्। केही दिनअघि मात्रै अम्बानीलाई पछि पार्दै अडानी एसियाकै धनीव्यक्ति बनेका थिए।

मंगलबार शेयर बजारमा भारी गिरावट आउँदा अडानी ग्रुपका कम्पनीहरुको शेयरभाउमा २३ प्रतिशतसम्म गिरावट आएको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS