IME Life New

चीनको १५ शहर नेपाली जहाजका लागि खुल्ला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेईजिङमा जारी नेपाल–चीनबीच हवाई वार्तामा नेपालले उल्लेख्य प्रगति हासिल गर्न सफल भएको छ । हाल एकतर्फी रुपमा जस्तै सञ्चालनमा रहेको हवाई यातायात अब नेपाली जहाजहरुले समेत बम्पर सुविधा पाउने भएका छन् ।
चीनियाँ आकाश नेपाली जहाजहरुको प्रवेश चुनौतिपूर्ण रहेको भएपनि अब देखि १५ वटा शहरमा खुल्ला गर्ने सहमति भएको नेपालन्यूजले समाचार लेखेको छ ।

यससम्बन्धी समझदारीपत्रमा दुई देशका पदाधिकारीबीच शुक्रबार बेइजिङमा हस्ताक्षर भएको सो समाचार संस्थाले जनाएको छ । बेईजिङस्थित नेपाली दुताबासका उपनियोग प्रमुख सुशिल कुमार लम्साललाई उध्रित गर्दै प्रकाशित समाचारमा भनिएको छ, ‘नेपालले चीनका विभिन्न १५ विमानस्थलमा साताको ९८ उडान गर्न पाउने सहमति भएको छ। चीनले पनि नेपालका तीन सहरमा साताको त्यति नै संख्यामा उडान गर्न पाउने छ ।’ बैठकमा नेपाल र चीनबीच ‘नेपाल–चीन हवाई सहमति सम्बन्धी समझदारीपत्र’ मा हस्ताक्षर भएको जनाइएको छ ।

Esewa
Crest

नेपालको लागि यो ऐतिहासिक उपलब्धी भएको चर्चा हवाई क्षेत्रमा चल्न थालेको छ । हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सले तत्काल चीनमा उडान सुचारु गर्न चाहेको भएपनि सफल भइरहेको थिएन । अब चिनियाँ शहरहरुमा नेपाली जहाजको प्रवेश खुल्ला भएको छ । यससँगै नेपालमा पर्यकटको संख्यामा बृद्धि हुने, छिट्टै काठमाडौं बेईजिङ हवाई यातायात सञ्चालनमा आउने, व्यापार व्यवसायमा बृद्धि हुने तथा हवाई बीमाको कारोबारमा समेत बृद्धि हुने विश्वास गरिएको छ ।

शुक्रबार दुई देशबीच भएको समझदारीपत्रमा नेपाल र चीनले एकअर्काको देशमा सातामा ९८ उडान गर्न पाउनेछन् । चीनले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न पाउनेछन् भने नेपालले १५ वटा चिनियाँ शहरमा उडान भर्न पाउनेछ । जसमा ७ वटा तोकिएका बाहेक बाँकी ८ वटा नेपालले आफै छानेर जहाज उडाउन पाउनेछ ।

नेपाल एयरलाइन्सको दुई वटा वाईड बडी जहाजले गन्तव्य पाउन नसक्दा क्षमता अनुसारको उडान गर्न सकेको छैन । जसका कारण नेपाल एयरलाइन्स आर्थिक संकटमा फस्दै गएको छ । व्यापार विस्तारको लागि ढोका खुलेसँगै अब नेपाल एयरलाइन्सले चीनतर्फ आक्रामक व्यापार गर्न दवाव बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS