IME Life New

चीनको ‘डिपसिक’ का कारण अमेरिकामा हाहाकार, दुई ट्रिलियन डलर स्वाहा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीच लामो समयदेखि तनाव जारी छ। विशेषगरी प्रविधिमा दुई देशबीच प्रतिस्पर्धा छ।
अमेरिका कुनै पनि हालतमा आफ्नो प्रविधि चीनलाई दिन चाहँदैन। डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि स्थिति झन् भयावह बनेको छ।

उनले फेब्रुअरी १ देखि चीनमा १० प्रतिशत कर लगाउने घोषणा गरेका छन्। उनले ६० प्रतिशतमा पुर्याउने धम्की पनि दिएका छन्।

Esewa
Crest

यसैबीच चीनको १ वर्षभन्दा कम पुरानो एआई स्टार्टअप ‘डिपसिक’ले एआईको संसारलाई हल्लाएको छ। यो दावी गरिएको छ कि डिपसिकको मूल्य अमेरिकाभन्दा धेरै कम छ। जब कि यसको प्रदर्शन संसारको उत्कृष्ट च्याटबटसँग बराबर छ।

यी कारणले अमेरिकाको शेयर बजारमा विशेषगरी प्राविधिक कम्पनीहरुमा ठूलो गिरावट देखिएको छ। एनभिडियाको शेयर प्रि–ओपन ट्रेडिङमा करिब १२ प्रतिशतले घटेको छ। डिपसिकका कारणले गर्दा अमेरिकाको २ ट्रिलियन डलर स्वाहा भएको छ।

अमेरिका–चीन द्वन्द्वको फाइदा दक्षिणपूर्वी एसियाका देशहरुले उठाइरहेका छन्। एआईको बुमका कारण यी देशहरु प्रविधिको हब बनेका छन् र उनीहरुको संयुक्त जीडीपी ३.७ ट्रिलियन डलर पुगेको छ। चिप निर्माताहरु इन्टेल र माइक्रोसफ्टले यी देशमा एड्भान्स एआई बुम र चिप उत्पादन पूर्वाधारका लागि ८ अर्ब डलर लगानी गरेका छन्।

दक्षिणपूर्वी एसियाको जीडीपी सन् २०२२ र २०३५ को बीचमा तीन गुणा हुने अपेक्षा गरिएको छ। सन् २०२४ मा ती देशहरुमा कुल गार्हस्थ उत्पादन वृद्धि अन्य सबै देशको औसतभन्दा झन्डै दोब्बर हुनेछ।

अमेरिका र चीनबीचको व्यापार युद्ध गहिरिएपछि दक्षिणपूर्वी एसियाका देशहरुले थप फाइदा लिने अपेक्षा गरिएको छ। सिंगापुरको प्रतिव्यक्ति आय १ लाख ९ हजार डलर पुगेको छ। जुन लक्जमबर्ग पछिको उच्च हो।

एआईको बढ्दो प्रयोग र बढ्दो चिपको अभावले विश्वका धेरै साना देशको सम्भावना बढेको छ। तर, यसले आय र सम्पत्तिमा असमानता बढ्ने जोखिम पनि बढाएको छ।

विश्वभर एआईको बढ्दो प्रवृत्तिका कारण लाखौँले रोजगारी गुमाउने र लागत घट्दा कम्पनीको नाफा बढ्ने विश्वास गरिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS