IME Life New

चीनको जीवन बीमा व्यवसाय ५ वर्षमा ८ खर्ब ९० अर्ब अमेरिकी डलर नाघ्ने प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।एशियाली मुलुक चीनको जीवन बीमा बजार अबको ५ वर्षमा ८ खर्ब ९० अर्ब अमेरिकी डलरभन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ। चिनियाँ जीवन बीमा उद्योग बारे हालै गरिएको अध्ययनका क्रममा सन् २०२४ देखि २०२८ सम्ममा वार्षिक ९ प्रतिशत चक्रवृद्धि दरले सन् २०२८ सम्ममा ८ खर्ब ९० अर्ब अमेरिकी डलर बराबर पुग्ने प्रक्षेपण गरिएको हो ।

ग्लोबलडाटाका अनुसार चीनको जीवन बीमा कारोबार सन् २०२४ मा ५ खर्ब ५२ अर्ब अमेरिकी डलर रहने अनुमान गरिएको छ। ग्लोबलडाटाको बीमा तथ्या‌ंकका अनुसार चीनको जीवन बीमा उद्योग सन् २०२४ मा ९.६ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। अर्थतन्त्रमा सुधार, अनुकूल नियामक प्रबन्धन र कोभिड-१९ महामारी पछि स्वास्थ्य र वित्तीय योजनाको बढ्दो चेतनाले प्रक्षेपित वृद्धिदरलाई समर्थन गर्ने अपेक्षा गरिएको छ।

Esewa
Crest

चीनियाँ उपभोक्ताबीच आजीवन बीमा योजना सर्वाधिक लोकप्रिय छ। चीनको जीवन बीमा कारोबारको ७८.३ प्रतिशत हिस्सा आजीवन बीमा योजनाले ओगटेको छ। यसैगरी व्यक्तिगत स्वास्थ्य तथा दुर्घटना बीमालेखको हिस्सा २१.४ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS