IME Life New

चीनका अर्बपति बैंकर बाओ फ्यानले दिए कम्पनीको प्रमुख पदबाट राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीनका चिरपरिचित अर्बपति बैंकरमध्येका एक बाओ फ्यानले आफ्नो लगानी कम्पनीको प्रमुख पदबाट राजीनामा दिएका छन्।

बाओ फ्यानको कम्पनी ‘चाइना रेनेसान्स होल्डिङ्स’ले यो खबरको पुष्टि गर्दै ‘स्वास्थ्य र पारिवारिक कारण’ देखाउँदै प्रमुख पदबाट राजीनामा दिएको जनाएको छ। चाइना रेनेसान्स होल्डिङ्स बाओ फ्यानले बनाएको कम्पनी हो। यसले इन्भेस्टमेन्ट बैंकिङको कारोबार गर्दै आएको छ।

Esewa
Crest

बाओ फ्यान गत वर्ष फेब्रुअरीमा अचानक ‘बेपत्ता’ भएका थिए। त्यसयता उनको पत्ता लागेको खबर आएको छैन। बाओ फ्यान अचानक बेपत्ता हुनुअघि चिनियाँ सरकारले वित्तीय सेवा कम्पनीहरुविरुद्ध घुसखोरीको आरोपमा अनुसन्धान सुरु गरेको थियो।

चीन सरकारको यो कदमले देशका धेरै व्यापारी स्तब्ध भएका छन्। त्यतिबेला चाइना रेनेसान्स होल्डिङ्सले एक विज्ञप्तिमा बाओ फ्यानले सरकारी अधिकारीलाई अनुसन्धानमा सहयोग गरिरहेको जनाएको थियो। बाओ फ्यानले देशमा ठूला टेक कम्पनीहरुको उदयमा ठूलो भूमिका खेलेको मानिन्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS