IME Life New

चीनः बीमा धोकाधडीमा ३०० गिरोह संलग्न रहेको खुलासा, अर्बौं रकम झ्वाम हुनबाट जोगियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीन बढ्दै गएको बीमा धोकाधडीका घटनालाई नियन्त्रण गर्न सञ्चालन गरिएको ७ महिने अभियानका क्रममा ठूलो खुलासा भएको छ।

चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले प्रहरीको सहयोगमा गत अप्रिलबाट चलाएको अभियानले बीमा धोकाधडीका घटनामा ३०० वटा आपराधिक गिरोह संलग्न रहेको खुला गरेको हो। यी गिरोहले १ हजार ४०० फर्जी बीमा दाबीमार्फत २० करोड ९० लाख अमेरिकी डलर (नेरु २८ अर्ब ६३ करोड ३३ लाख रुपैयाँबराबर) झ्वाम पार्न खोजेका थिए। तर, ती फर्जी दाबी नियन्त्रण गरेर उक्त रकम झ्वाम हुनबाट जोगिएको छ।

Esewa
Crest

चिनियाँ प्रहरीले शुक्रबार फर्जी बीमा दाबी र त्यसमा संलग्न गिरोहका बारेमा जानकारी गराएको हो। विशेषगरी गाडी बीमा, व्यक्तिगत चोट बीमा, कर्मचारी दायित्व बीमा र अन्य सिर्जनशील बीमा योजनामा फर्जी दाबी अत्याधिक देखिएको चिनियाँ प्रहरीले जनाएको छ। ‘यी बीमा योजनामा फर्जी दाबी परिरहेको आवाज सर्वसाधारण र बीमकबाट उठिरहेको थियो’, चीनको इकोनोम क्राइम इन्भेस्टिगेसन ब्युरोका निर्देशक हाउ लिबिङले पत्रकार सम्मेलनमा भने, ‘बीमा धोकाधडी नियन्त्रणका लागि गरिएको अभियानले ठूलो सफलता प्राप्त गरेको छ। त्यस्ता घटनामा संलग्न गिरोहहरुको पर्दाफास भएको छ। यो निकै ठूलो उपलब्धि हो।’

चिनियाँ प्रहरीले बीमा धोकाधडीका घटना पत्ता लगाउन ४० वटा अपरेसन गरेको थियो। अभियानमा सहभागी प्रहरीलाई नेसनल फाइनान्सियल रेगुलेटरी एडमिनिस्ट्रेसन १२ हजार प्रमाण उपलब्ध गराएको थियो। ती प्रमाणले बीमा धोकाधडीका घटना पत्ता लगाउन र त्यसलाई रोक्न ठूलो सहयोग मिलेको लिबिङले बताए।

ती गिरोहमाथि प्रहरीले निगरानी बढाइरहेको र पक्राउ परेकाहरुमाथि अनुसन्धान गरिरहेको लिबिङको भनाइ छ। यद्यपि हालसम्म कतिजना पक्राउ परे भन्ने विषयमा भने अनुसन्धान प्रभावित हुने भन्दै उनले खुलाउन चाहेनन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS