IME Life New

चिनियाँ स्टिलको आयात बढेपछि चिन्तित भारत भन्सार महसुल बढाउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा स्टिल उद्योगका लागि कच्चा पदार्थ र तयारी स्टिल उत्पादनहरु निर्यात गरिरहेको भारत स्टिलका लागि चिनियाँ बजारमा निर्भर हुन थालेको छ।

भारतीय आमसञ्चार माध्यमका अनुसार वित्त वर्ष २०२४।२५ को पहिलो ८ महिनाको अवधिमा चिनियाँ स्टिल आयात अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। अस्थायी सरकारी तथ्यांकले देखाएअनुसार यसले घरेलु स्टिल उद्योगमा सस्तो चिनियाँ उत्पादनको आयातले उद्योगीको चिन्ता बढाएको छ।

Esewa
Crest

भारत स्टिलको कच्चा पदार्थ उत्पादनका हिसाबले विश्वको दोस्रो ठूलो उत्पादक हो। भारतले यस अवधिमा तयार स्टिलको ८ वर्षयताकै उच्चतम आयातको सामना गरेको छ। यो तथ्यांकले अब भारतलाई खुद स्टिल आयातकर्ताका रुपमा पहिचान बदलि दिएको छ।

भारतले कुल ६५ लाख मेट्रिकटन तयारी स्टिल आयात गरेको छ। यो अघिल्लो वित्त वर्षको तुलनामा २६.६ प्रतिशतले वृद्धि हो। यसमध्ये चीनले अप्रिलदेखि नोभेम्बरसम्म १९ लाख ६० हजार मेट्रिकटन स्टिल भारत निर्यात गरेको छ। जुन अघिल्लो वित्त वर्षभन्दा २२.८ प्रतिशतले बढी हो।

अन्य ठूला अर्थतन्त्रको तुलनामा अधिक आर्थिक वृद्धिदर हासिल गरिरहेको भारतमा पूर्वाधार निर्माण तीव्रगतिमा भइरहेको छ। माग र आपूर्तिले बजारलाई डोर्याउने भएकाले स्थानीय निर्माण कम्पनी तथा उद्योगहरुले सस्तो उत्पादनको खोजीमा चिनियाँ उत्पादनप्रति आकर्षित हुन थालेका हुन्। भारतमा आगामी दिनमा स्टिललगायतको निर्माण सामग्रीको आयात अझै बढ्ने प्रक्षेपण गरिएको छ।

चीनले मुख्य रुपमा स्टेनलेस स्टिल, हट रोल्ड कोइल, प्लेटहरु, विद्युतीय पाता, ग्याल्भेनाइज्ड पाता, पाइप, बार र डन्डी (सरिया)हरु निर्यात गरेको तथ्यांकले देखाएको छ।

त्यस्तैगरी जापानबाट भारतमा भएको तयार स्टिलको आयात पनि कम्तीमा ६ वर्षको उच्च विन्दुमा पुगेको छ। यस अवधिमा जापानबाट आयात दोब्बर बढेर १४ लाख मेट्रिक टन पुगेको हो। चीन, जापान, र दक्षिण कोरियाले भारतको कुल स्टिल आयातको ७९ प्रतिशत हिस्सा ओगटेका छन्।

यस अवधिमा हट रोल्ड कोइल सबैभन्दा धेरै आयात गरिएको उत्पादन थियो। बार र रडले गैरफ्ल्याट उत्पादनको श्रेणीमा अग्रस्थान लिए। सस्तो चिनियाँ स्टिलको आयातले साना घरेलु मिललाई सञ्चालन कटौती गर्न र रोजगारी घटाउन बाध्य पारेको छ।

आयात रोक्न भन्सार दर बढाउने तयारी

चिनियाँ सरकारले चिनियाँ स्टिल उत्पादनहरु भारतीय बजारमा बिक्री गर्नका लागि उच्च अनुदानलगायतको सुविधा दिएर भारतीय बजारका लागि सस्तो बनाएको भारतीय वाणिज्य विभागका अधिकारीहरुको ठम्याइ छ। यही निष्कर्षका कारण केन्द्र सरकारले स्टिल आयातलाई रोक्न २५ प्रतिशतसम्मको सुरक्षा शुल्क लगाउने विषयमा अध्ययन सुरु गरेको छ।

बढ्दो आयातका कारण भारतले घरेलु उद्योगको सुरक्षा र आयात नियन्त्रणको विषयमा चाँडै कदम चाल्नुपर्ने दबाब झेलिरहेको छ। चिनियाँ स्टिलको प्रभावलाई न्यूनीकरण गर्न सरकारले चालेका आगामी कदमहरुले भारतीय स्टिल उद्योग र अर्थतन्त्रमा महत्वपूर्ण असर पार्न सक्छ।

घरेलु बजारमा आयात बढिरहेको अवस्थामा भारतको तयार स्टिलको निर्यात भने अप्रिल नोभेम्बर अवधिमा ८ वर्षकै न्यून विन्दुमा झरेको छ। इटाली भारतको प्रमुख निर्यात गन्तव्य रह्यो तर त्यहाँ ढुवानी ३१.८ प्रतिशतले घटेको छ। बेलायत र बेल्जियममा भने स्टिल निर्यात क्रमशः १६ प्रतिशत र ६.९ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS