IME Life New

चिनियाँ बीमा नियामकीय मापदण्ड सुधारोन्मुख : फिच

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फिच रेटिङ्सले चीनको बीमा नियामकीय मापदण्डमा क्रमशः सुधार हुँदै गएको उल्लेख गरेको छ। फिचले चीनमा बीमा नियमनको वातावरण पनि विकसित भइरहेको जनाएको छ।

स्टक एक्सचेन्जमा सूचीकृत चिनियाँ बीमा कम्पनीहरुले सन् २०२३ बाट आईएफआरएस १७ अकाउन्टिङ स्ट्यान्डर्ड अपनाएका थिए। अन्य बीमा कम्पनीहरुलाई पनि आईएफआरएस १७ अनिवार्य रुपमा अपनाउन सन् २०२६ सम्मको समयसीमा दिइएको छ।

Esewa
Crest

चीनको घरेलु बीमा बजार परिष्कृत छ। जसले जीवन र निर्जीवन दुवै क्षेत्रमा उत्पादनहरुको विस्तृत शृंखला प्रदान गर्दछ। दुवै बीमा क्षेत्रले कर्पोरेट र व्यक्तिगत ग्राहकलाई सेवा प्रदान गर्दछन्।

नेसनल एडमिनिस्ट्रेसन अफ फाइनान्सियल रेगुलेसन (एनएएफआर) धितोपत्र क्षेत्रबाहेक चीनको वित्तीय उद्योगको नियामक हो। मे २०२३ मा स्थापित एनएएफआरको उद्देश्य वित्तीय व्यवहारको मानकीकरण, नियामक दक्षता बृद्धि गर्न र विभिन्न मापदण्डसँग सम्बन्धित अनुपालन लागत र जोखिम कम गर्ने रहेको छ।

राज्य परिषदअन्तर्गत सञ्चालन हुने एनएएफआर चिनियाँ बैंकिङ र बीमा नियमनमा सफल भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS