IME Life New

चिनियाँ अटाेमेकरकाे रू. १ खर्ब लगानीकाे प्रस्ताव भारतले किन गर्‍याे अस्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । विद्युतीय सवारी उत्पादक चिनियाँ कम्पनी बिवाइडीले भारतमा उद्याेग लगाउन गरेकाे प्रस्ताव अस्वीकृत भएकाे छ। हैदरावादस्थित मेगा इन्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर लिमिटेडसँगकाे साझेदारीमा बिवाइडीले कार उत्पादन गर्ने उद्याेग स्थापनाका लागी १ अर्ब अमेरिकी डलर( १ खर्ब २१ अर्ब १० कराेड नेपाली रूपैयाँ) लगानी गर्ने प्रस्ताव गरेकाे थियाे ।

भारतीय अखबार द इकाेनाेमिक टाइम्सकाे छापा स‌ंस्करणका अनुसार भारतीय वाणिज्य विभाग, उद्योग र आन्तरिक व्यापार प्रवर्द्धन विभाग (डिपिआइआइटी) ले लगानी प्रस्तावमा अन्य विभागसँग राय मागेकोमा चिनियाँ लगानीकाे सन्दर्भमा सुरक्षा चिन्ताकाे कारण देखाउँदै प्रस्ताव अस्वीकृत गरिएकाे छ।

Esewa
Crest

बिवाइडीले स्थानीय भारतीय कम्पनीसँगको साझेदारीमा भारतमा विद्युतीय कार र ब्याट्री उत्पादन गर्ने प्रस्ताव पेश गरेको समाचार एजेन्सी रोयटर्सले यसै महिना उल्लेख गरेकाे थियाे । लगानीकाे प्रस्ताव अस्वीकृत भएकाे भन्ने इकोनोमिक टाइम्सको खबरकाे राेयर्टर्सले  स्वतन्त्र पुष्टी भने गर्न सकेकाे छैन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS