IME Life New

चित्रकार पेशा छाडेर अभिकर्ता बने : कृष्ण प्रसाद आचार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कृष्ण प्रसाद आचार्य, सिनियर एजेन्सी म्यानेजर, नेपाल लाइफ इन्स्योरेन्स

२०३० साल जेठ २० गते झापाको हल्दिबारी जन्मिएका कृष्ण प्रसाद आचार्य पेशाले एक बीमा अभिकर्ता हुन् । सानै देखि चित्रकलामा रुचि राख्ने कृष्ण चित्रकला मै केही गर्छु भन्ने सपना देखेर काठमाडौँ आएका थिए ।

आज भन्दा लगभग १५/१६ वर्ष अघि उनी यो पेशामा आवद्ध रहँदै आएका छन् । यस पेशामा आवद्ध हुनु अघि आफु चित्रकार रहेको उनले बताए । अहिले उनी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा सिनियर एजेन्सी म्यानेजरका रुपमा कार्यरत छन् ।

Esewa
Crest

जब नेपालमा प्रविधि आयो, पेन्टिङको जमाना आयो, हातको कलाहरु माँसिदै जान थाले, पेन्टिङको कर्मचारीहरुको रोजगारहरु पनि बिस्थापित हुन थाले, त्यस पछि अवसर खोज्ने क्रममा मैले इन्स्योरेन्सलाई रोजेको उनले बताए ।

उनी भन्छन्, यो पेशा थाल्नु भन्दा पहिले एलिको इन्स्योरेन्स कम्पनीमा मैले बीमा गरेको थिए । बीमा प्रति चासो थियो । बीमा अभिकर्ता पेशा सायद राम्रो हुन्छ होला भन्ने थियो । यो पेशा सहि होकि भन्ने कुरा मनन गर्ने क्रममा यो पेशा छनौट गरे ।

बीमा अभिकर्ताको लाईसेन्स प्राप्त गरे पछि शुरुमा उनले लक्ष्मण काफ्लेको बीमा गराएका थिए । लक्ष्मण विदेश जाने तयारीमा थिए, बीमा आवश्यक ठानेर आचार्यले बीमा प्रस्ताव गरेका थिए । लक्ष्मण सँग बीमा गर्नका लागि तत्काल पैसा थिएन् । काफ्लेको बीमा आचार्यले आफ्नै पैसा वापत गराएका थिए । बीमा बुझाउन खासै अप्ठेरो नपरेको आचार्य बताउँछन् ।

हुन त यो पेशामा प्रवेश गर्दा उनले धेरै संघर्ष त गर्नु नपरेको कहाँ हो र तैपनि आफ्नो मेहनत र इच्छाशक्तिले जहिलै लागि परिरहे । र आज सफल पनि छन् । यो पेशामा प्रवेश गर्दा उनलाई आफ्न्तले पनि चित्रकला छोडेर यो पेशामा लाग्नु हँुदैन्थ्यो, तैले गलत गरिस् जस्ता कुराहरु नभनेका होईनन् । उनी भन्छन्, बीमा मानिसहरुले गर्न नै चाहँदैनथे । मेरा अग्रजहरुले तैले चित्रकलामा राम्रो गर्दै थिईस, उन्नित हुँदैथ्यो, कला निखाँरिदै थियो, यो पेशालाई छाड्नु हुँदैन्थ्यो, यो पेशा छोडेर गल्ति भयो अब गाहे हुन्छ भन्दा भन्दै पनि म सफल हुन्छु नै भनेर लागेको थिए । अहिले त सन्तुष्ट नै छु । मेहेनत गर्दा, खट्दा खेरि यो पेशा राम्रो छ । जागर गर्नेहरुका लागि यो पेशा उचित हुने उनको विश्वास छ ।

बीमा परम सद्विश्वास हो, हामी अभिकर्ताहरुले विश्वास बेच्ने हो । उनी भन्छन्, जहाँ विश्वास हुन्छ, त्यहाँ बीमा हुन्छ, जहाँ विश्वास हुँदैन त्यहाँ बीमा हुँदैन । बीमा व्यवसायमा विश्वास बेच्न सक्नुपर्छ ।

देशको लागि कर तिरेको छ, देशको आर्थिक ढुकुटीमा सहयोग पुरयाएको छ । धेरै कर्मचारीहरुलाई रोजगार सृजना भएको छ । तर पनि अभिकर्तालाई राज्य र स्वयं मानिसहरुले पनि ईज्जत दिन चाहि जानेको छैन् । त्यसमा चाँहि दुख लाग्छ उनले दुखेसो पोखे ।

सम्झाउँने पाटो, विश्वासको कमी र धैर्यताको खाँचो जस्ता बीमा अभिकर्ता पेशाको मूख्य चूनौति भएको उनको अनुभव छ ।

आफु भित्र रहेको शंका हटाउनु, धैर्यता, झन्झट नमान्ने खालका गुणहरु एक बीमा अभिकर्ताहरुमा हुनुपर्दछ । बीमाले जोखिम बोक्छ तर बचाँउन चाँहि सक्दैन । बीमाले आर्थिक जोखिम बहन गर्छ, तर बचाँउन चाँहि सक्दैन् । बीमा आर्थिक बहन गर्ने एक पाटो हो अर्को आर्थिक उपार्जन हो उनले बताए ।

आचार्य भन्छन्, सबै मानिसहरुलाई बीमाको दायरामा ल्याउने सबैभन्दा बढी महत्वपूर्ण भुमिका बीमा अभिकर्ताहरु कै हुन्छ । तर त्यसको व्यवस्थापन भने राज्यले नै गर्नुपर्ने हुन्छ । नीति निमार्णको पहँुचमा रहेका तहहरुले राम्रो खालको नीति तर्जुमा गरेर, राम्रोसँग सूचना दिएर त्यसलाई ध्यान दिनुपर्छ होला जस्तो लाग्छ ।

लामो अवधि देखि बीमा अभिकर्ता पेशामा आवद्ध रहेका अभिकर्ताहरुलाई उनीहरुको दक्षता, कार्यक्षमताका आधारमा राज्यले केही नयाँ खाले सेवा, सुविधा प्रदान गर्ने हो भने यो पेशा सम्मानित हुन्छ होला । कम्पनीले कर्मचारीलाई जसरी बीमा गराउँछ, त्यसरी नै अभिकर्ताहरुको पनि जीवन बीमा गरिदियो भने अभिकर्ताहरु यो पेशामा आकर्षित हुन्छन् । किनकि अभिकर्ताहरु दिन, रात, गाउँ, शहर, घाम, पानी नभनि खट्नु पर्ने हुन्छ । अभिकर्ताहरुलाई जोखिम बढी हुन्छ, अभिकर्ताहरु जुन कम्पनीमा आवद्ध रहेका हुन्छन्, त्यो कम्पनीले कर्मचारीहरुको जस्तै हामि अभिकर्ताहरुको पनि जीवन बीमा गरिदियो भने अभिकर्ताहरुको पनि जोखिम बहन उनले बताए ।

बीमा बचत मात्रै होईन्, बीमाले आर्थिक जोखिमबाट बचाउँछ । बीमा अविार्य बचत हो ।बीमा अभिकर्ता भनेको बीमा कम्पनी र बीमितको बीच पुलको काम गर्ने व्यक्ति हो ।

१५-१६ बर्ष अघिको बीमा बारेमा मानिसको बुझाईमा केही परिवर्तन भएको छ, तर अपेक्षाकृत रुपमा भने व्यवसाय बढ्न सकेको छैन ।

शिक्षित नै बीमा गर्नु पर्छ भन्ने कुरा बुझदैनन् । यो किन गर्नुपर्छ र नगर्दा पनि केहि फरक पर्दैन भन्ने चेतना छैन ।

बीमा कम्पनी र बैंकहरुले बैंकास्योरेन्स सम्झौता गर्नाले नेपाल जस्तो बेरोजगार मुलुकमा रोजगारी मासिने अवश्था सृजना देखिएको छ । बीमा अभिकर्ताको पेशा लाई यस्तो खालको सम्झौताले गाहे पारेको उनले बताए ।

लामो समय देखि बीमा अभिकर्ता पेशामा लागेका आचार्यसँग बीमा गराउँदाका केही तिता अनि केही मिठा पलहरु नभएका पनि होईनन् । तीनै तिता अनि मिठा पलहरुलाई आत्मसाथ गर्दै अगाडि बढेको र अझै पनि यहि पेशालाई नै निरन्तरता दिने उनले बताए । कृष्ण भन्छन् होस् नहोस् यही पेशालाई नै निरन्तरता दिन्छु ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS