IME Life New

चितवनस्थित खाद्य उद्योगमा भिषण आगोलागी, आगो ननिभ्दै लुम्बिनी जनरल इन्स्योरेन्सका सर्भेयर घट्नास्थलमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चितवनको नारायणगढ बजार नजिकै रहेको एक तयारी खाद्य पदार्थ उत्पादन गर्ने उद्योगमा आज विहानै भिषण आगोलागी भएको छ । सो उद्योगको बीमा गर्ने कम्पनी लुम्बिनी जनरल इन्स्योरेन्सले आगो ननिभ्दै सर्भेयर खटाएर घट्नास्थलको अवलोकन गराएको छ ।

भरतपुर महानगरपालिका वडा नं ४, धारापानी भन्ने स्थानमा रहेको सरस फुड इडिस्ट्रीजमा आज विहानै करिब ५ बजे आगो लागेको लागेको थियो । करोडौं रुपैयाँ लगानी गरेको उद्योगमा आगो लागेपछि सञ्चालक सुनिल अग्रवालले तत्कालै लुम्बिनी जनरल इन्स्योरेन्समा खवर गरे । लम्बिनी जनरल इन्स्योरेन्सको डिजिटल कार्यालयका सहायक महाप्रबन्धक नवराज तिमिल्सेनाका अनुसार मंगलबार विहान ६ः४५ बजेतिर डिजिटल कार्यालयमा आगो लागेको सूचना आएको थियो ।

Esewa
Crest

तत्कालै डिजिटल कार्यालयले चितवनमा रहेका सर्भेयर सोनी प्रधानलाई परिचालन गर्ने निर्णय सहित आदेश दियो । प्रधान आठ बजेतिर घट्नास्थल पुग्दा दमकलहरु धमाधम आगो निभाउँदै थिए । सर्भेयर प्रधानले इन्स्योरेन्स खवरसँग भने, ‘म पुग्दा आगो निभाउने काम भइरहेको थियो, भिषण आगो लागेको रहेछ, क्षति भएको छ, विवरण अहिले नै भन्न सकिदैन ।’
झिसमिसेमै लागेको आगो नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी तथा महानगरपालिकाको दमकल प्रयोग गरेर झण्डै चार घण्टा लगाएर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उद्योगका सञ्चालक सुनिल अग्रवालका अनुसार करोडभन्दा बढि नै क्षति भएको जानकारी पत्रकारहरुलाई दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले भने क्षतिको यकिन विवरण तयार भइनसकेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एक नारायण कोइरालाले करोडभन्दा बढि क्षति भएको भन्ने सुनेको तर प्रहरी प्रतिवेदन तयार पार्ने क्रम जारी रहेकाले क्षतिको विवरणसहितको मुचुल्का तयार भएपछि मात्रै एकिन तथ्याङ्क दिन सकिने बताए ।

घट्नास्थलमा पुगेका नारायणगढ बजारस्थित प्रहरी कार्यालयका प्रहरी निरिक्षक रविन बाबु रेग्मीले खाद्य पदार्थ, तयारी तथा स्टकको बस्तु र भौतिक संरचनामा क्षति भएको बताउँदै आगोलागीबारे अनुसन्धान भइरहेको बताए । रेग्मीका अनुसार उद्योग सञ्चाललाई सामानको बिल बिजक संकलन गरेर क्षतिको विवरण तयार पार्न निर्देशन दिइएको बुधबार सम्ममा आधिकारिक क्षतिको विवरण तयार हुने जानकारी दिए ।

दालमोठ, फुरनदाना, आँटा लगायतका खाद्य पदार्थ उत्पादन गर्दै आएको सो उद्योगले लुम्बिनी जनरल इन्स्योरेन्समा बीमा गरेको थियो । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका सिईओ नूर प्रकाश प्रधानले सरस फुडमा आगोलागी भई क्षति पुगेको भन्दै बीमा दावी परेको र कम्पनीले तत्कालै सर्भेयरलाई खटाएर प्रतिवेदन पेश गर्न पत्राचार भइसकेको बताए ।

कोरोना महामारीका सबै बीमा कम्पनीका कार्यालयहरु बन्द छन् । बीमा कम्पनीहरुको दैनिक प्रशासन डिजिटल कार्यालयमा रुपान्तरण भएका छन् । यस्तो जटिल अवस्थामा पनि लुम्बिनी जनरल इन्स्योरेन्सले तत्कालै घट्नास्थलमा सर्भेयर खटाउनुले बीमा कम्पनीहरुले दृढतापूर्वक आफ्नो दायित्व निर्वाह गरिरहेको पुष्टि हुन आएको छ ।

तस्विर सौजन्यः प्रदिप खरेलको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS